CG Electronics
IME Life
NIMB

विराट मोनोरेल इन्टरनेशनल प्रालीले प्रदेश १ मा मोनोरेल सञ्चालनमा ल्याउने

NIMB
Himalayan Bank

काठमाडौ, बैशाख ३ । विराट मोनोरेल इन्टरनेशनल प्रालीले प्रदेश नम्बर १ मा विद्युतीय शहरी पारवहन मोनो रेलसञ्चालनमा ल्याउँदै छ । मोनोरेल निर्माणका लागि हाल प्राविधिक पक्ष केन्द्रित अध्ययन अनुसन्धान भइरहेका प्रालीले जानकारी गराएको छ ।
यातायात इन्जिनियरिङको मान्यता अनुसार सामान्यता जनसंख्या ३० लाखभन्दा बढी भएपछि सहरका लागि मासट्रान्जिटको माध्यम चाहिन्छ । तत्काललाई जनघनत्व धैरै भएका शहरहरुमा मानोरेल विकास गर्न सकिए सवारी व्यवस्थापन सहज हुनसक्छ ।
भारतको मुम्बईमा मोनोरेल विकास गरी सञ्चालन गरिएको छ । जर्मनीमा भुपाताल सहरमा मोनोरेल सञ्चालनमा छ । मलेसियामा पनि ८.६ किमिमा मोनोरेल चलिरहेको छ । कतिपय देशमा सञ्चालनमा रहेका मोनोरेल मुख्यतः पर्यटकीय तथा मनोरञ्जनका लागि उपयोग भएको पाइन्छ ।
मोनोरेल जनसंख्याको चाप भएको शहरहरु लागि उत्तम देखिन्छ । जनसंख्याको चाप र भयावह सवारी अस्तव्यस्ता अनुसार आवश्यक सार्वजनिक सवारीको माध्यम मोनोरेल हो । कुनै अवरोध नभएको अवस्थामा मोनोरेल निर्माण ५ वर्षमा सम्पन्न गर्न सकिने यो क्षेत्रका जानकारहरु बताउछन्
मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा मोनोरेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेलको एउटामात्र लिक हुन्छ । मोनोरेलका लागि उठाएको संरचनामात्र चाहिन्छ । मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।
यो सवारी साधन दुई ट्रयाक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउने र अर्बौं लगानी लाग्ने मेट्रो रेल भन्दा मोनोरेल तुलनात्मक रुपमा सस्तो र सजिलो छ । मोनो रेल गुडाउनको लागि समय धेरै लाग्दैन । मोनो रेल वायु प्रदुषण र ध्वनी प्रदुषण नियन्त्रणको लागि एउटा राम्रो यातायातको उपयुक्त माध्याम हो । अर्को अर्थमा भन्नु पर्दा नागरिकको स्वास्थ्यमै सुधार आउँछ ।
मोनोरेलका राम्रा पक्ष भनेको बिजुलीबाट चल्नुका साथै निर्माणमा सस्तो हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् ।
प्रदेश नम्बर १ मा विद्युतीय शहरी पारवहन मोनो रेल विराट मोनोरेल इन्टरनेशनल प्रालीले सञ्चालनमा ल्याउँदै छ ।
निजीस्तरबाट सञ्चालन हुन लागेको मनोरेल विराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरहरासम्म चलाइने छ । ३५ किलोमिटरको दूरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने बताइएको छ । विराट मोनोरेल इन्टरनेशनल प्रालीले सञ्चालनमा ल्याउने मोनोरेल राजमार्गसँगै पोल निर्माण गरी माथिबाट चलाइनेछ । कम्पनीका निर्देशक कोवित कार्कीले सरकारसँग सम्झौता गरि ३० वर्षसम्म निजीस्तरमा चलाइने जनाए ।
त्यसपछि उक्त परियोजनासमेत सबै किसिमको व्यवस्थापन सरकारलाई हस्तान्तरण गरिने छ । ‘हामीले प्राविधिक पक्ष केन्द्रित अध्ययन अनुसन्धान थालेका छौं, इञ्जिनियरिङ्ग प्रावधानअनुसार यसको कतिओटा स्टेशन हुनेछ, त्यो पछि तय गरिनेछ तर निकै कम समयमा मान्छेले आवजावत गर्न सकुन् भन्ने हो,’ उनले भने ।
डिपिआरको काम अन्तिम चरणमा पुगेको कार्कीको भनाइ छ । अहिले ३ भागमा काम शुरु गर्दैछौ कार्कीले भने । १० देखि १५ मिनेटमा तरहरादेखि मान्छे जोगवनीसम्म पुग्नेछन्,’ उनले भने ‘न ट्राफिकको समस्या न धूलोधूँवा, यो आफैंमा आकर्षक सवारी साधन हुनेछ ।’ उनका अनुसार शुरुमा ५ डब्बा भएको रेल ल्याइनेछ भने पछि आवश्यक्ताअनुसार थपिदै जानेछ । प्रालीले विराटचौकदेखि झापा–इलामसम्म, इटहरीदेखि कोशी ब्यारेजसम्म मोनोरेल चलाउने योजना रहेको कम्पनीका अध्यक्ष प्रमानन्द मेहेताले बताए । मोनोरेल तराई क्षेत्रमा मात्र सञ्चालन गर्ने प्राविधिक प्रावधान रहेकाले प्रदेश नम्बर १ को समथल क्षेत्रमा यसलाई चलाउने योजना रहेको उनले जानकारी गराएका छन् ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...