CG Electronics
IME Life
NIMB

कर्मचारी समायोजनले रित्तियो अस्पताल,डाक्टर छैनन् बिरामीको चापै-चाप

NIMB
Himalayan Bank


काठमाडौ बैशाख ३ । कर्मचारी समायोजनसँगै सिन्धुली अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मी समायोजनमा परेपछि सिन्धुली अस्पताल रित्तिन पुगेको हो ।

अस्पतालमा स्वास्थ्यकर्मी नभएपछि अस्पतालमा ओपीडी सेवा नै सञ्चालन हुन नसकेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । सामान्य प्रशासन मन्त्रालयले हालै गरेको कर्मचारीको समायोजनपछि सबै कर्मचारी सरुवा भएका कारण अस्पताल रित्तो भएको उनले बताए । अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६४ जनाको दरबन्दी रहेकोमा हाल एक जना प्रशासनिक कर्मचारीभन्दा बाहेक अरू सबै सरुवा भएको उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेड डाक्टर सुमित्रा गौतमसहितका सबैले संघअन्तर्गत कार्यालय रोजेको र दुई जना अनमीले स्थानीय तह रोजेका थिए । एक जना प्रशासनका सुब्बाभन्दा बाहेक अस्पतालमा एक जना पनि स्थायी कर्मचारी नभएको अध्यक्ष पोखरेलले बताए ।

३ वैशाखदेखि अस्पतालमा ओपीडी सेवासमेत सञ्चालन हुन सक्ने अवस्था नरहेको उनले बताए । सिन्धुली अस्पताल प्रदेश सरकार मातहत भएकाले अस्पतालमा कार्यरत कोही पनि चिकित्सकले प्रदेश नरोजी संघ र स्थानीय तह रोजेका थिए, जसका कारण अस्पताल नै स्वास्थ्यकर्मीविहीन बनेको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...