चार जनाबाट २२ वर्षीया युवती बलात्कृत
Tuesday Apr 16, 2019
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०७:३९

पोखरा, ३ बैसाख । पोखराको लेकसाइडमा एक २२ वर्षीया युवती सामुहिक बलात्कारको शिकार भएकी छन् ।
पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
सोमबार ती युवतीमाथि जबरजस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।























