CG Electronics
IME Life
NIMB

तयार भयो रानीपोखरीको नया डिजाइन

NIMB
Himalayan Bank

२९ जेठ, काठमाण्डौ-  पुनर्निर्माणका क्रममा रहेको रानीपोखरी अब काठमाण्डौ महानगरपालिकाले परिस्कृत डिजाइनमा बनाउने भएको छ ।

पुनर्निर्माण सुरु भएको १८ महिना भइसक्दा पनि गति निकै सुस्त छ । रानीपोखरीको मध्य भागमा रहेका बालगोपालेश्वर मन्दिर पुर्निर्माणमा भएको विवादले पनि केही समस्या भयो । तर, अब विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको हो ।

नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने रेग्मीले बताए ।

नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ । अबको एक वर्षभित्र रानीपोखरीलाई नयाँ डिजाइन अनुसार ब्यवस्थित गरिसक्ने रेग्मीले बताए ।

रानीपोखरीमा रंगीन ‘म्युजिकल वाटर फाउन्टेन’ तयार गरिनेछ । रानीपोखरी पार्कमा परिणत भएपछि साँझमा समय बिताउने पार्कको अभाव हट्ने महानगरको विश्वास छ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ बनाइनेछ ।

शान्ति बाटिकामा एउटा छेउमा रेष्टुरेन्टसहितको कफी सप हुनेछ । साना बालबच्चा खेल्न मिल्ने प्लेग्राउण्ड पनि राखिनेछ । त्यसमा साना सेमिनारहरु गर्न मिल्ने स्थानको विकास गरिनेछ । पार्कमा बसेर साना कार्यक्रम गर्न सकिने गरी दुई वटा स्थान तयार गरिने रेग्मीले बताए ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...