CG Electronics
IME Life
NIMB

गृहमन्त्री जनार्दन शर्माले गरे यस्तो खुलाशा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

५ असार, काठमाडौं- गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । रुपन्देहीको तीन स्थानीय तहमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

बुटबलमा सोमबार आयोजित पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले कानुन संशोधनपछि पनि राजपालाई समय अपुग भएकाले चुनावमा सहभागी हुन गाह्रो भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले प्रमुख नेताहरुसँगै वार्ता गरेर दुई नम्बरको सार्ने र अन्यत्र स्वतन्त्र रुपमा पनि सहभागी हुने सहमति भएको हो ।’

यो सहमतिकै आधारमा राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएको उनले दाबी गरे ।

यसअघि सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले निर्वाचनको बेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । तर, तत्कालको कारबाहीले दीर्घकालीन रुपमा पार्ने असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए ।

सुरक्षा गोष्ठीमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखका साथै नेपाली सेनाका प्रतिनिधिको सहभागी थिए ।

निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह-पूर्वाग्रह नराख्न निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दीभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।’

जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए । कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए । ‘चुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भने पछि नहट्नुहोस्,’ मन्त्री शर्माले भने । बुटवलको कार्यक्रम सकेर गृहमन्त्री शर्मा सोमबार नै नेपालगञ्ज पुगेका छन् । –श्रोत : अनलाईन खबर

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...