Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

 

५ असार, काठमाडौँ-  काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीसहित निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकले ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।

 

साउन १३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा प्रेमका लागि हुने त्याग, द्धन्द्धको कथा समावेश गरिएको छ । बर्मा, थाइल्याण्ड र नेपालमा छायांकन गरिएको यो चलचित्रमा २ मुलुकका यूवा-यूवतीको कथालाई देखाइएको छ । पुरुषोत्तम प्रधानले चलचित्रको क्यानभास गजबले क्यामेरामा उतारेका छन् ।

 

चलचित्रको ट्रेलरमा एक्सनलाई बढी महत्व दिइएको छ । अष्ट महर्जनले चलचित्रमा एक्सन निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामशरण पाठकले म्यानमार र नेपालमा बस्ने यूवायूवतीविच हुने प्रेमकथालाई चलचित्रमा देखाइएको बताए । उनले ‘प्रेमगीत’ जहाँबाट सकिन्छ त्यहाँबाट चलचित्र सुरु हुन्छ या हुँदैन भन्ने हेर्नका लागि साउन १३ नै कुर्नुपर्ने बताए ।

निर्माता सन्तोष सेनले चलचित्रमा आफू खलनायकको भूमिकामा देखिएको बताए । यो चलचित्र हेरेपछि प्रदिपका फ्यानले आफूलाई गाली गर्ने सन्तोषको भनाई थियो ।

 

यस्तै, नायक प्रदिप खड्काले यसपटक चलचित्रका लागि निकै दुःख गरेको सुनाए । उनले यति दुःख हुन्छ भन्ने थाहा पाएको भए आफूले चलचित्रमा काम गर्ने आँट नै नगर्ने बताए ।

 

नायिका अश्लेषा ठकुरीले चलचित्रको गीतसंगीतबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाइन् । चलचित्रको ३ वटा गीत सार्वजनिक गरेपछि ट्रेलर बजारमा ल्याइएको हो ।

 

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...