रात्रिकालीन काम गर्नु स्वास्थ्यका लागि हानिकारक

Monday Jun 19, 2017
वि.सं.२०७४ असार ५ सोमवार १२:०८

५ असार , काठमाडौँ- हालैको एउटा अनुसन्धानअनुसार रात्रिकालीन काम गर्नु कलेजाको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यस्तो अभ्यासले कलेजोको आकार बढाउन सक्छ ।
सेलमा प्रकाशित यो अनुसन्धान अनुसार कलेजो २४ घण्टामा दिन र रातिको हिसाबले खाना र भोकको चक्रमा अभ्यस्त हुन्छ । रात्रिकालीन डयुटीका कारण समयमै खाना खान पाइन्न र यसको असर कलेजोमा देखिन थाल्छ ।
अनुसन्धानकर्ताले मुसामा गरेको प्रयोगमा पाए अनुरूप कलेजोको आकार रातमा बढ्ने रहेछ । अनुसन्धानअनुसार जब सामान्य जैविक क्रियाको लय उल्टिन्छ, तब कलेजो घटने–बढ्ने प्रक्रिया प्रभावित हुन्छ ।
व्यावसायिक बाधा वा व्यक्तिगत बानीले गर्दा हाम्रो जैविक घडीमा अवरोध उत्पन्न हुन्छ । यसको असर कलेजोको महत्त्वपूर्ण काममा समेत पर्छ ।