Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इशानेश्वरमा पर्यटक आकर्षित गर्न बन्यो सुबिधा सम्पन्न वन उद्यान

 

६ असार, लमजुङ- लमजुङको मध्य नेपालस्थित इशानेश्वरमा पर्यटक आकर्षित गर्न वन उद्यान बनाइएको छ । मध्य नेपाल नगरपालिका–६ मा रहेको रानी रिहिने सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको हो ।

इशानेश्वर महादेव मन्दिरलाई जोड्ने गरी १४ रोपनी क्षेत्रफलमा फूलबारी वन उद्यान निर्माण गरिएको छ । उद्यानमा कल्की, असारे, सयपत्री, लालुपातेलगायतका विभिन्न प्रजातिका फूल, रुद्राक्ष, अशोक, बाँस, अम्रिसोलगायतका रुखका बिरुवा रोपिएको छ ।

वन उद्यानमा ट्रष्ट हल, दुईवटा सार्वजनिक शौचालय, खानेपानी धारा निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष दयाराम खनालले बताउनुभयो । वन उद्यानमा पिकनिक स्थल निर्माण गर्नुका साथै पर्यटक घुमाउनका लागि सुसाउने पहरा गुफा पुग्ने बाटो निर्माण गरिएको खनालले बताए ।

आगामी वर्ष सुसाउने पहरा गुफालाई थप व्यवस्थित बनाउँदै इशानेश्वर महादेव मन्दिर जोड्ने पदमार्गसमेत निर्माण गरिने सामुदायिक वनका सदस्य प्रकाश खनालले बताए ।

उद्यान निर्माणका लागि चालु आवमा १६ लाखभन्दा बढी खर्च गरिएको छ । उद्यानका लागि जिल्ला वन कार्यालयले रु आठ लाख, मध्य नेपाल नगरपालिकाले रु चार लाख, स्थानीयको श्रमदान रु तीन लाख ८८ हजार र सामुदायिक वनका तर्फबाट ७० हजार खर्च गरिएको छ ।

नेपालमा विल्कुलै फरकपनको होटल ‘मक्सी’को तयारीमा छौं : शशीकान्त अग्रवाल

नेपालमा विल्कुलै फरकपनको होटल ‘मक्सी’को तयारीमा छौं...

वि.सं.२०८२ असार ५ बिहीवार १८:३०

  काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट...

नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे

नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका...

वि.सं.२०८२ जेठ २१ बुधवार १०:२७

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

राति १० बजेपछि होटल बन्द गर्ने सरकारी निर्णयले पर्यटन उद्योग संकटमा

राति १० बजेपछि होटल बन्द गर्ने सरकारी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार १०:२८

काठमाडौं । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट...

फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको...

वि.सं.२०८२ वैशाख १३ शनिवार २१:४०

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

वि.सं.२०८१ चैत १९ मंगलवार २२:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र...

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म,...

वि.सं.२०८१ चैत ३ आइतवार ०७:१४

  काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन...