CG Electronics
IME Life
NIMB

इशानेश्वरमा पर्यटक आकर्षित गर्न बन्यो सुबिधा सम्पन्न वन उद्यान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

६ असार, लमजुङ- लमजुङको मध्य नेपालस्थित इशानेश्वरमा पर्यटक आकर्षित गर्न वन उद्यान बनाइएको छ । मध्य नेपाल नगरपालिका–६ मा रहेको रानी रिहिने सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको हो ।

इशानेश्वर महादेव मन्दिरलाई जोड्ने गरी १४ रोपनी क्षेत्रफलमा फूलबारी वन उद्यान निर्माण गरिएको छ । उद्यानमा कल्की, असारे, सयपत्री, लालुपातेलगायतका विभिन्न प्रजातिका फूल, रुद्राक्ष, अशोक, बाँस, अम्रिसोलगायतका रुखका बिरुवा रोपिएको छ ।

वन उद्यानमा ट्रष्ट हल, दुईवटा सार्वजनिक शौचालय, खानेपानी धारा निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष दयाराम खनालले बताउनुभयो । वन उद्यानमा पिकनिक स्थल निर्माण गर्नुका साथै पर्यटक घुमाउनका लागि सुसाउने पहरा गुफा पुग्ने बाटो निर्माण गरिएको खनालले बताए ।

आगामी वर्ष सुसाउने पहरा गुफालाई थप व्यवस्थित बनाउँदै इशानेश्वर महादेव मन्दिर जोड्ने पदमार्गसमेत निर्माण गरिने सामुदायिक वनका सदस्य प्रकाश खनालले बताए ।

उद्यान निर्माणका लागि चालु आवमा १६ लाखभन्दा बढी खर्च गरिएको छ । उद्यानका लागि जिल्ला वन कार्यालयले रु आठ लाख, मध्य नेपाल नगरपालिकाले रु चार लाख, स्थानीयको श्रमदान रु तीन लाख ८८ हजार र सामुदायिक वनका तर्फबाट ७० हजार खर्च गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...