Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गृहमन्त्री जनार्दन शर्माले गरे यस्तो खुलाशा

५ असार, काठमाडौं- गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । रुपन्देहीको तीन स्थानीय तहमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

बुटबलमा सोमबार आयोजित पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले कानुन संशोधनपछि पनि राजपालाई समय अपुग भएकाले चुनावमा सहभागी हुन गाह्रो भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले प्रमुख नेताहरुसँगै वार्ता गरेर दुई नम्बरको सार्ने र अन्यत्र स्वतन्त्र रुपमा पनि सहभागी हुने सहमति भएको हो ।’

यो सहमतिकै आधारमा राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएको उनले दाबी गरे ।

यसअघि सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले निर्वाचनको बेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । तर, तत्कालको कारबाहीले दीर्घकालीन रुपमा पार्ने असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए ।

सुरक्षा गोष्ठीमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखका साथै नेपाली सेनाका प्रतिनिधिको सहभागी थिए ।

निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह-पूर्वाग्रह नराख्न निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दीभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।’

जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए । कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए । ‘चुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भने पछि नहट्नुहोस्,’ मन्त्री शर्माले भने । बुटवलको कार्यक्रम सकेर गृहमन्त्री शर्मा सोमबार नै नेपालगञ्ज पुगेका छन् । –श्रोत : अनलाईन खबर

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...