CG Electronics
IME Life
NIMB

२०२०भ्रमणका लागि सरकारसँग थप ५०करोड : मन्त्रालय मागप्रति असन्तुष्ट

NIMB
Himalayan Bank


साउन, २०७६ काठमाडौं :  नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले सरकारले छुट्याएको बजेट कम भएको बताउँदै थप रू. ५० करोड मागेको छ । नेपाल भ्रमण वर्षका लागि अघिल्लो र यस आर्थिक वर्षमा गरी सरकारले रू. २० करोड छुट्याएको थियो ।

सरकारले छुट्याएको रकम भ्रमण वर्षको तयारीका लागि अपुग भएको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । ‘नेपाल भ्रमण वर्ष २०११ का लागि सरकारले रू. ३० करोड छुट्याएको थियो । अहिलेको बजेटबाट काम गर्न कठिन छ,’ वैद्यले भने, ‘त्यसैले कम्तीमा रू. ५० करोड थप बजेट माग गरिएको हो ।’

गत आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट चीनको ठूलोमध्येको एक ट्राभल एडभाइजरी अनलाइन ‘सीट्रिप’ र बेलायतको ‘लोन्ली प्लानेट’सँग पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरिएको वैद्यले जानकारी दिए । ‘सीट्रिप’ का ३ करोडभन्दा बढी ‘फलोअर’ छन् । ‘लोन्ली प्लानेट’ले नेपालको सांस्कृतिक, आध्यात्मिक, साहसिक र ‘वाइल्डलाइफ’ पर्यटनसँग सम्बद्ध चार पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त संस्था विश्वको ठूलो ‘ट्राभल गाइड’ पुस्तक प्रकाशक हो । दुई विदेशी संस्थासँगको सम्झौता तथा कर्मचारी र सचिवालय व्यवस्थापनमै गत आवको रू. १० करोड सकिएको वैद्यले बताए ।

सरकारसँग थप बजेट मागिरहँदा सचिवालयसँग नेपाल भ्रमण वर्षका लागि उल्लेख्य योजनाको कमी देखिएको छ । राष्ट्रिय कार्यक्रम संयोजक वैद्य भने योजनाहरू तयार पारेर सरकारलाई जानकारी गराइएको दाबी गर्छन् । भन्छन्, ‘हामीले कम बजेटमा पनि काम गरिरहेका छौं ।’

उनका अनुसार भ्रमण वर्षमा पाँच पक्षलाई प्राथमिकता दिइएको छ– सांस्कृतिक, आध्यात्मिक, साहसिक, ‘वाइल्डलाइफ’ र ‘माइस’ (बैठक, सम्मेलन, प्रदर्शनी आदि) पर्यटन । यस्तै, विदेशी लगानी भित्र्याउन ‘पर्यटन लगानी सम्मेलन’, बिमस्टेक पर्यटन मन्त्रिस्तरीय बैठक, कर्णाली नदीमा ¥याप्mटिङ, कालीगण्डकी कोरिडोरमा माउन्टेन बाइक प्रतियोगिता लगायत कार्यक्रम तय गरिएको वैद्यले जानकारी दिए । त्यसबाहेक पर्यटकीय पूर्वाधार र सेवाको गुणस्तर अभिवृद्धि जस्ता कामलाई पनि अगाडि बढाइएको उनी बताउँछन् ।

तथापि, भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग सम्बद्ध संस्थाहरू भने सन्तुष्ट देखिँदैनन् । राष्ट्रिय संयोजक वैद्यले सीधा प्रधानमन्त्रीसँग सम्पर्क गरेर आफूहरूलाई बेवास्ता गर्ने गरेको गुनासो मन्त्रालयका अधिकारीहरूको छ । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्रप्रसाद सापकोटा पनि अहिलेको गति र तयारीमा भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्र्याउन कठिन हुने बताउँछन् । भन्छन्, ‘भ्रमण वर्षका लागि हुनुपर्ने तयारी, पूर्वाधार विकास र निजीक्षेत्रसँग समन्वयको अभाव देखिन्छ । राम्रो तयारी गरेर भ्रमण वर्षलाई सन् २०२१ मा  सार्दा प्रतिफल राम्रो आउन सक्छ ।’

संयोजक वैद्य भने भ्रमण वर्ष सफल हुने दाबी गर्छन् । ‘तयारीका लागि समय कम छ । तर, यो कुनै व्यक्ति वा सरकारको मात्र नभई सामूहिक काम भएकाले सफल बनाउन सबैको सहयोग आवश्यक छ,’ उनी भन्छन् । 

सरकारले २०७५ चैत २९ मा पोखराबाट भ्रमण वर्ष–२०२० को पूर्वशुरुआत गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्य छ । सन् २०१८ मा करीब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाएको थियो । सन् १९९८ का संयोजक कर्ण शाक्य थिए भने सन् २०११ का संयोजक योगेन्द्र शाक्य । उनीहरू दुवैजना पर्यटन व्यवसायी थिए । हालका संयोजक वैद्य भने उद्योगपति तथा व्यापारी हुन् ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...