CG Electronics
IME Life
NIMB

नाडामा सुजुकीले ल्यायो XL6 आकर्षक पारिवारिक कार

NIMB
Himalayan Bank


काठमाडौं, १२भदौं । सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल सिक्स(XL6 ) गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको XL6  को भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।

सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले निकै आकर्षक डिजाइनको यो गाडीको विषयमा भनेका छन्–“पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै मूल्य एवम् मान्यतालाई आत्मासाथ गर्दै हामीले XL6 गाडी प्रस्तुत गरेका छौं, जसले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्दछ । आजका ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा रहेको छ । यसको आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, सुविधा, कार्यक्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता यसमा रहेको छ ।’

बोल्ड, आइकोनिक, स्पोर्टी एवं प्रभावशाली बाहिरी रुप
यसको भित्री रुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रशबार डिजाइन,Led DRLs, हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैंमा आकर्षक बन्न पुगेको छ।

आरामदायी भित्री रुप
XL6 मा पर्याप्त भित्री स्पेस रहेको छ, जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सकिन्छ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवम् विशेषतायुक्त रहेका छन् । यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्जा सेफ्टी शिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ । भ्यान्टीलेटेड कपहोल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवम् सहजताको तहलाई अझै माथि पुर्याएको कम्पनीले जनाएको छ । 

स्मार्ट प्ले स्टुडियो टचस्क्रिन
मनोरञ्जनका लागि १७.८ सेमीको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउँदाको अवस्थामा स्मार्ट प्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ । 

इञ्जिन तथा ट्रान्समिसन
XL6 Bs6 k15    पेट्रोल इञ्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ । यसमा Li-ion व्याट्रि रहेको हुन्छ । K15 इञ्जिनले 77KW@6000rpm को शक्ति प्रदान गर्दछ भने यसको अधिकतम टर्क 138Nm@4400rpm रहेको छ । साथै XL6 मा ५ म्यान्युअल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । 

1560931590nlic.gif

सर्वप्रथम सुरक्षा– नयाँह्टिमा रहेको छ  सदैव सुरक्षा
यसमा ५ औं पुस्ताको प्ल्याटफर्म, फन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजन गरिएको छ । साथै यसमा airbags, ABS (Anti-lock-Braking System) को साथ EBD (Electronic Brake force Distribution), front seat belts को साथ Pre-tensioners र Force Limiters, ISOFIX child seat anchorages, high speed warning alert, reverse parking sensors जस्ता अद्वितीय सुरक्षा सुविधा समेत रहेका छन् । 

मूल्य
Xeta को  : 4699000.00 तथा Alpha को द्4799000.00 तोकिएको छ ।
Read more at http://www.bizshala.com/story/%E0%A4%A8%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-7#ilKtR0btiuDbuoJI.99

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...