CG Electronics
IME Life
NIMB

धेरै डिस्काउन्टका साथ नाडा अटो २०१९ शोमा सुजुकी गाडीहरु

NIMB
Himalayan Bank


काठमाडौं, १२भदौं । ‘नाडा अटो शो’ तथा नेपालीको महान पर्वका अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पर्वोत्सव योजनालाई सधैंझैं अगाडि सारेको छ ।

हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ ।  यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात हो, जुन नाडा अटो शोदेखि प्रारम्भ भई दसैंतिहारसम्म लागू हुनेछ ।

वास्तवमै नेपाली समाजमा चाडपर्वमा नयाँ गाडी घर भित्र्याइने गरिन्छ। सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुका लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुनेछ ।

यस वर्ष सुजुकी पर्वोत्सव योजनामा रु. २ लाखसम्मको नगद छुट, अधिकतम रु. १ लाखसम्मको एक्स्चेन्ज बोनस, ई–स्क्र्याच सिस्टममार्फत अधिकतम रु. १ लाखसम्मको थप छुट तथा १ वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ । यसका साथै नाडा अवधिभर नडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम रु. ५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिनेछ ।

यसैगरी नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ । नाडा अटो शोमा कम्पनीले भ्चतष्नब, ऋष्बश र क् ऋचयकक गरी तीन मोडेलका गाडी पनि बिक्रीमा राखेको छ । जसको खरिद मूल्य क्रमशः रु ३८ लाख ९९ हजार, रु ३८ लाख २९ हजार तथा रु.४२ लाख ९९ हजार रहेको छ । यस कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तनसमेत गर्ने विश्वास लिइएको छ ।

हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरणमैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ । दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् कहिले ब्याट्रीको मात्र खपत हुन्छ भने कहिले ब्याट्रीका साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्यट्रीले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रीमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ । तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमाभएको ब्याट्री चार्ज हुन्छ ।

वातावरणमैत्री हाइब्रिड कारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ । योजना विना नै पनि कतै यात्रा गर्नुपरेको त्यस्तो यात्रालाई कतै मोड्नुपर्दैन न त चार्जिङको तनाव नै व्यहोर्नुपर्ने हुन्छ । यात्रा गर्दा कुन विकल्पलाई छनोट गर्ने भन्ने कुरा चालक आफैँले तय गर्न सक्नु हुनेछ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...