CG Electronics
IME Life
NIMB

दुधको भाउ मनलाग्दी बढ्यो, प्रति लिटर १० रुपैया बढ्दा दैनिक तीन करोडको दुध बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको बहानामा बजारमा मनपरी मूल्य बढाइएको छ। बजारमा डेरीको खुला दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म वृद्धि गरिएको छ।

दूधसँगै दही प्रतिलिटर १० र पनिर प्रतिकेजी २५ रुपैयाँसम्म वृद्धि भएको छ। सरकारले गत शनिबारदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ दरले वृद्धि गरेको थियो। सरकारले मूल्य वृद्धि गरेसँगै नेपाल डेरी एसोसियसनले र खुला डेरीवालाहरूले दूधको मूल्यमा वृद्धि गरेका छन्। उपभोक्ताले आइतबारदेखि खुला डेरीको दूधमा प्रतिलिटर १० रुपैयाँ धेरै तिरेका छन्।

पेप्सीको फुटबलग्राउन्डमा डेरी सञ्चालन गर्दै आएका एक दूध व्यवसायीले नेपाल डेरी एसोसियनको नाममा प्रतिलिटर १० रुपैया वृद्धि गर्न भन्दै नयाँ मूल्य सूची पठाइएको बताए। त्यसैगरी, दहीको मूल्यमा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ भने पनिरको मूल्य प्रतिकेजी २५ वृद्धि गर्न खुद्रा व्यवसायीलाई मूल्य सूची पठाइएको छ।

नेपाल डेरी एसोसियसनका महासचिव प्रल्हाद दाहालले भने सरकारले भन्दा धेरै मूल्य वृद्धि नगरेको बताए। ‘हामीले १० रुपैयाँ दूधको मूल्य वृद्धि गरेका छैनौं,’ दाहालले भने, ‘बजारमा वृद्धि भएको दूधको मूल्य खुला डेरीको होला।’ डेरी एसोसियसनले उत्पादन गर्ने प्याकेटको दूधको मूल्यमा भने सरकारीसरह वृद्धि भएको उनले बताए।

अहिले सरकारले वृद्धि गरेको दूधको मूल्यमध्ये अधिकांस किसानको भागमा पर्ने दाहालले बताए। ‘बढेको मूल्यमध्ये किसानले ६९ प्रतिशत पाउँछन्,’ दाहालले भने, ‘बाँकी रहेको ३१ प्रतिशत मूल्य व्यवसायीले पाउँछन्।’ ३१ प्रतिशत पाउनेमा दूध उत्पादक अर्थात उद्योगी र दूध बेच्ने खुद्रा पसले पनि पर्छन्।

दूग्ध विकास संस्थानले उत्पादन गर्ने दूधमा मात्र मूल्य वृद्धि गर्ने निर्णयले निजी क्षेत्रको अन्य उत्पादनमा पनि असर गर्ने दाहालले बताए।

‘सरकारले डिडिसीको दूधको मूल्य मात्र बढाउने निर्णय गरेको छ,’ दाहालले भने, ‘दूधको मूल्य बढेपछि त्यसले अन्य उत्पादनलाई गर्ने असरको बारेमा केही भनेको छैन।’ दूधको मूल्य मात्र बढाउने तर अन्य उत्पादनको नबढाउने विषयमा सहमति हुन नसकिने व्यवसायीको भनाइ छ।

दूधको मूल्य बढेसँगै दूधबाट उत्पादन हुने अन्य वस्तु दही, पनिर, मिठाइ लगायतका अत्य उत्पादनमा मूल्य वृद्धि हुने दाहालले बताए। १० लाख लिटर दूध अभाव मुलुकमा हाल दैनिक ४९ लाख लिटर दुध उत्पादन भइरहेको छ। बजारको माग भने दैनिक ५९ लाख लिटर छ।

मुलुकलाई चाहिनेभन्दा झन्डै २० प्रतिशत अर्थात् झन्डै दैनिक १० लाख लिटर दूधको अभाव छ। यसैबीच सरकारले भारत लगायतका देशबाट आयात भइरहेको दूधको पाउडर आयातमा प्रतिबन्ध लगाएको छ। उक्त पाउडरसमेत उपलब्ध हुन नसकेपछि बजारमा दूधको माग अझ बढेको एसोसियसनले जनाएको छ।

दैनिक उत्पादन भइरहेको दूधमध्ये ५० प्रतिशत अर्थात् साढे २४ लाख लिटर दूध किसान आफैंले प्रयोग गर्छन्। अनौपचारिक क्षेत्र अर्थात विभिन्न डेरी, होटल, रेस्टुरेन्टमा ३३ प्रतिशत दूध खपत हुन्छ। बाँकी रहेको झन्डै ८ लाख अर्थात् १७ प्रतिशत दूधमात्र विभिन्न उद्योगले प्याकिङ गरेर बजारमा पठाउँछन्।

औपचारिक क्षेत्रले प्रयोग गर्ने दूधमध्ये झन्डै ४ लाख लिटर काठमाडौंमै प्रयोग हुन्छ। संघका अनुसार उसको दूधको सबैभन्दा ठूलो बजार काठमाडौं हो। चार वर्षअघि भूकम्प गएका बेला घटेको दूध उत्पादन पछिल्ला वर्ष फेरि बढ्न थालेको छ। दूध अभाव भएका बेला उद्योगीले स्किम्ड मिल्ड पाउडर (एसएमपी) प्रयोग गर्छन्। यो दूधबाट बन्ने पाउडर हो। तर पछिल्लो समय सरकारले यो पाउडर आयातमा भने रोक लगाएको छ।

यो प्रविधि भनेको दूध कम हुने समय जाडो महिनामा धेरै भएको दूधलाई एसएम पाउडर बनाउने र धेरै उत्पादन हुने समय गर्मी महिनामा प्रयोग गर्ने प्रविधि हो। डेरीको दूधमा जोखिम उत्पादन भइरहेको ठूलो मात्राको दूध डोरीहरूबाट बेचबिखन भइरहेको छ।

तर, डेरीबाट कारोबार भइरहेको दूध कस्तो छ भनेर अहिलेसम्म कसैले पनि अनुगमन गरेको छैन। डेरी व्यवसायीका अनुसार ती डेरीमा गएको दूधको गुणस्तर कस्तो छ, किटाणुरहित छ कि छैन, कहिलेदेखि जम्मा गरिएको हो लगायतका कुनै पनि विषयमा ध्यान दिइएको छैन।

सरकारले दूध उत्पादनलाई गुणस्तर र स्वच्छ बनाउन नयाँ निर्देशिकासमेत जारी गरेको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयले चैत ४ गते दूध तथा दूग्ध पदार्थ गुणस्तर तथा स्वच्छतासम्बन्धी निर्देशिका–२०७५ जारी गरिसकेको छ।

यसले अनौपचारिक क्षेत्रमा रहेको दूध कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउन मद्दत गर्ने सापकोटाको विश्वास छ। दैनिक ३ करोड भित्रिन्छ गाउँमा संघमा आबद्ध भएर मुलुकभर सञ्चालन भइरहेका दूग्ध उद्योग २५० भन्दा धेरै छन्।

यसमा ठूला, मध्यम, साना र घरेलु उद्योग भनेर वर्गीकरण गरिएको छ। संघका अनुसार यो क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ९ प्रतिशत योगदान दिएको छ।

४ लाख ५० हजार कृषक यस पेसामा आबद्ध छन् भने २० हजारभन्दा बढी व्यक्तिले विभिन्न उद्योगमा प्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ।

संघका अनुसार दूध कारोबारकै कारण दैनिक ३ करोडभन्दा धेरै रकम शहरबाट गाउँमा प्रवाह भैरहेको छ। यस क्षेत्रमा २० अर्बभन्दा धेरै उद्योगस्तरमा लगानी भएको संघले जनाएको छ।

काभ्रे दूध उत्पादन पकेट क्षेत्र मुलुकका विभन्न जिल्लामा दूध उत्पादन भइरहेको भए पनि काभ्रे सबैभन्दा धेरै उत्पादन गर्ने क्षेत्र हो।

काठमाडौंको नजिक पनि रहेको यस जिल्लाबाट उत्पत्यकामा दूध वितरण गर्नसमेत सजिलो छ। काभ्रेबाहेक चितवन, नवलपरासी, रुपन्देही, बारा, रौतहट, सर्लाही पनि ‘मिल्क पकेट’ क्षेत्र हुन्। पूर्वका झापा, इलाम लगायतका क्षेत्रमा पनि दूध उत्पादन हुन्छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...