CG Electronics
IME Life
NIMB

प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गोपाल शर्मा / १९ असार, दाङ-  शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित कमानसिंह डाँगी प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म बन्नु भएको छ । २०२७ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका डाँगी नेपाली काग्रेसको तर्फबाट शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले प्रधानपञ्चदेखि अहिलेसम्म जित्दै आउनु भएको छ ।

 

उहाँको विरोधमा कांग्रेसबाटै बागी उम्मेदवारी समेत परेको थियो । डाँगी २०४४ सालको प्रधानपञ्चको निर्वाचनमा जिल्लामै बुहदलवादीको तर्फबाट चुनावमा गएका डाँगी बाघमारे गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनु भएको थियो । २ वर्ष प्रधानपञ्च भएर गाउँ चलाएका डाँगी २०४६ सालको बहुदल स्थापनार्थ भएको जन आन्दोलनमा सक्रिय हुदैँ प्रधानपञ्च छा्डनु भएको थियो । त्यस पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बाघमारे गाविस अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

 

त्यसै गरी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष अर्कोलाई जिम्मा दिएर जिल्ला विकास समितिमा सदस्यको रुपमा निर्वाचित हुनु भएको थियो । २०५९सम्म जनप्रतिनिधि भएका डाँगी २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा साविकका बाघमारे, धनौरी र शान्तिनगर गरी तीन गाविस मिलेर बनेको शान्तिनगर गाउँपालिकाको पुनःअध्यक्षमा निर्वाचित हुनु भएको हो ।

 

निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै एक हजार मत बढस् ल्याएर डाँगी तेस्रो पटक अध्यक्ष बन्नु भएको हो । दुई कार्यकाल गाविस अध्यक्ष निर्वाचित डाँगी तेस्रो पटक गाउँपालिकाको अध्यक्षमा चुनिनु भएको छ । स्थानीय स्तरमा लोकप्रिय मानिने डाँगी यस पटक आफ्नो इच्छा नहुँदा नहँुदै पनि जनताको आग्रहले चुनाव लडेको बताउनु भयो । २०१० सालमा जन्मिएका डाँगी राजनीतिमा पुराना नेताका रुपमा स्थापित हुनुहुन्छ । विभिन्न समयमा जेल नेल सामना गरेका डाँगी केहि समय शिक्षण पेशा समेत गर्नुभएको थियो । शिक्षक छोडेर उहाँ प्रधानपञ्च बन्नु भएको थियो ।

 

अध्यक्ष डाँगी दाङमा काग्रेसका प्रभावशाली नेता खुमबहादुर खडका, बलदेव शर्मा मजगैँया लगायतका नेताका सहकर्मी हुनुहुन्छ । डाँगी गाउँको राजनीतिमा क्रियाशील हुनु भयो भने खड्का केन्द्रीय राजनीतिमा सक्रिय हुनु भयो । गाउँपालिका अध्यक्ष निर्वाचित डाँगी भन्नु हुन्छ,‘मलाई गाउँका जनताले बाहिर जान दिएनन्, मेरा सहकमी प्रभावशाली नेतादेखि मन्त्रीसम्म भइसक्नु भएको छ । म त गाउँकै सेवामा तल्लिन छु ।’ अध्यक्षमा निर्वाचित भएका डाँगीले गाउँपालिकालाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि सारेको बताउनु भयो । उहाँले विगतमा गर्न नसकेका काम पूरा गर्ने र जनताको सुझावमा काम गर्ने बताउनु भयो ।

श्रोत: अन्नपुर्ण पोष्ट दैनिक

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...