एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
Thursday Jan 30, 2020
वि.सं.२०७६ माघ १६ बिहीवार १३:३६

७६काठमाडौं,१६माघ : सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ
टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको
चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।





























