CG Electronics
IME Life
Ncell NPL

मुक्तक मेलामा तेह्र नारी स्रष्टाका रचना वाचन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ, १८ माघ, २०७६ । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारीस्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक भव्य समारोहकाबीच सो मेला समापन भएको हो ।


कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरेर सुनाएका थिए ।


कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्न पाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए ।

वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे ।


कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामि दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए ।
कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए ।

मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए ।
वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रृङ्खला हो ।

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा...

वि.सं.२०८२ चैत २६ बिहीवार १४:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको...

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन...

वि.सं.२०८२ चैत २६ बिहीवार ११:४९

  ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला...