CG Electronics
IME Life
Ncell NPL

६० जना सहसचिवको सरुवा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । गत शुक्रवार १८ सह सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । हालै मात्र बढुवा भएका ४२ जना सह सचिवहरुको पदस्थापन गरेको छ । सरुवा हुने १८ सह सचिवहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पुराइएको छ ।

यस्तै गृह मन्त्रालयका वसन्त अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्म्ेवारी दिइएको छ ।यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियारमा लगिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका छन् ।

७६काठमाडौं,२०माघ:  केही अघि मात्र स्वास्थ्य मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा पुगेका शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोगमा पुगेका छन् । मान बहादुर बिकलाई सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानिएको छ भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालयमा पुराइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेत, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शङ्कर प्रसाद सुवेदीलाई राष्ट्रिय कितावखानामा ल्याइएको छ । राष्ट्रिय सूचना आयोगका सहसचिव कुमार प्रसाद दहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुराइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेलाई गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय कितावखानाका सहसचिव गीता कुमारी हुमागाईलाई लोक सेवा आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्मालाई गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।


यस्तै सरकारले ४२ जना सह सचिवको पदस्थापन गरेको छ ।जसमध्ये टिकाराम ज्ञवाली घोराही उप महानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उप महानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपूर सिमरा उप महानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उप महानगरपालिका दाङ, हरि बखति धनगढी उप महानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उप महानगरपालिका पोखरा, कृष्ण प्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा, भीष्मप्रसाद न्यौपाने विराटनगर, उपेन्द्र खनाल हेटौडा उप महानगरपालिका मकवानपुर सरुवा गरिएको छ ।

राजेन्द्र कुमार केसी र बाबुराम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्म्ेवारी पाएका छन् । , बाबुराम भण्डारी र बद्रीराज अर्याललाई अर्थ मन्त्रालय, सुशील श्रेष्ठलाई आदिवासी जनजाति आयोग, राजेन्द्र प्रसाद घिमिरे कलैया उप महानगरपालिका बारा, नुरहरी खतिवडा, उमेश कुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवण कुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश नं १ विराटनगर, हरि प्रसाद बास्तोला प्रदेश प्रमुखको कार्यालय प्रदेश नं ४ पोखरा, दुर्गा दत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बागमति प्रदेश, हेटौडा सरुवा गरिएको छ ।

नारायण प्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैत प्रकाश श्रेष्ठ राष्ट्रिय कितावखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लाल बहादुर कार्की लोक सेवा आयोग, रुद्रनाथ देवकोटा बेपत्ता छानबिन आयोग सरुवा भएको छ । सह सचिवद्वय यम प्रसाद भुसाल र विष्णुदत्त गौतम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणी पोख्रेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरुवा गरिएको छ ।

www.prabhubank.com
थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...