CG Electronics
IME Life
Ncell NPL

नबिल बैंकद्वारा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ सार्वजानिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,२०माघ: नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजानिक गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडेल कर्जा प्राप्तांकका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जनाएको छ ।

सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा काठमाडौंबाट सुभारम्भ गरिएको छ । यसै क्रममा नयाँ एस.एम.ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहकाबीच उद्घाटन भएको छ । समारोहमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्यक्ष राम चन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो र हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्ने धारणा व्यक्त गरे ।’

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सेस फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैंकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिई सकिने आकर्षक प्याकेजका साथ आएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ ए.टी.एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

www.prabhubank.com
इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र ई–स्कुटर वितरण

इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:०५

    काठमाडौं। inDrive ले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानअन्तर्गत उत्कृष्ट...

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...