CG Electronics
IME Life
Ncell NPL

पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं, १फागुन:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच आज जेरुसलेममा भेटवार्ता भएको छ ।
उक्त अवसरमा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवर्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मन्त्री भट्टराईले नेपालको जलविद्युत, होटल, क्यासिनो र कृषि क्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैंची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताए । सुसारे सेवालगायत रेष्टुराँ र अन्य व्यापारिक क्षेत्रमा नेपालीले इजरायलमा सेवा प्रवाह गर्न सक्ने उनले जानकारी गराए । इजरायलका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको भन्ने खबरले आफू हर्षित भएको मन्त्री भट्टराईले बताए भने दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।


हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गरेका छन् । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

www.prabhubank.com
५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...