CG Electronics
IME Life
NIMB

सर्बोच्चद्वारा चुडामणि शर्मालाई थुनामा राख्नुको कारण माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२८ असार, काठमाडौँ- आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिट माथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारि गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो । सर्वोच्चले शर्मालाई समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

 

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ । शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै रिटमा अख्तियारलाई कर फछ्र्यौट आयोगले गरेका काम कारवाही प्रति अनुसन्धान गर्ने अधिकार नभएको उल्लेख छ ।

यसअघि, अख्तियारले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा शर्मासँग ३ अर्ब २ करोड रुपैयाँ धरौटी मागेको थियो । विशेष अदालतले शर्मा माथिको धरौटी माग सदर गरी त्यो नबुझाउन्जेल थुनाामा राख्न अख्तियारलाई अनुमति दिएको थियो । अर्बौ रकम कर छलि गरेको आरोपमा शर्मालाई अख्तियारले गत जेठ १९ गते नियन्त्रणमा लिई थुनामा राख्न विशेष अदालतमा पेश गरेको थियो ।

विशेषले पुर्पक्षका लागि शर्मालाई थुनामा राख्न भन्दै ३ पटक म्याद थप गरिसकेको छ । कर फर्छयौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल भने फरार छन् । उनीहरुबिरुद्ध अनुसन्धान जारी रहेको अख्तियारको भनाई छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...