CG Electronics
IME Life
NIMB

डोटी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२८ असार, डोटी –  ४० औं जिल्लाको रुपमा डोटी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । र्‍याली र झाँकीसहित बुधवार डोटी जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे ।

राष्ट्रिय सरसफाई रणनीति २०१० अनुसार सन २०१७ सम्ममा राष्ट्रलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिसक्नु पर्ने व्यवस्था अनुरुप जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्व्य समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

डोटी जिल्लामा सन २०११ मा तयार भएको पाँच बर्षे खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति अनुसार जिल्लालाई सन २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्नु पर्ने थियो तर साबिकका गाउँ बिकास समिति र दिपायल सिलगढी नगरपालिका तोकिएकै समयमा खुला दिशामुक्त क्षेत्र घोषणा हुन नसक्दा रणनीति अनुसार काम हुन सकेन । यस अघि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तोकिएको भएपनि असफल भएको थियो ।

साबिकका ५० गाबिस र एक नगरपालिका यसअघिनै खुल्ला दिशामुक्त जिल्ला घोषणा भइसकेका छन ।

कार्यक्रममा जिल्लाको सरसफाई प्रतिबेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका इञ्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जिल्लाका शत प्रतिशत घरधुरीमा शौचालयको ब्यवस्था भएको बताए ।

उनले ९८ प्रतिशतले आफैंले चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताए । “निर्माण भएका शौचालयहरुमा ९८ प्रतिशत सुधारिएका शौचालय छन्” मण्डलले भने ‘दुई प्रतिशत शौचालय अहिले पनि कच्ची छन् ।’

जिल्लाका ८८ प्रतिशत जनसंख्यालाई आधारभुत खानेपानीको पहुँच पुगेको भएपनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरा घोषणा कार्यक्रममा औल्याइएको थियो । डोटीका बजार क्षेत्रको सरसफाईका लागि व्यवस्थापन समितिहरु गठन भइ सक्रिय रहेकोसमेत कार्यक्रममा जानकारी गराइयो ।

समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तुभाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको चनौतीका रुपमा लिइएको छ । -अन्लाईनखबर बाट

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...