Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अघि बढाउने

२८ असार, काठमाडौं – काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अघि बढाउने भएका छन् । बिहीबार हुने काठमाडौं र ललितपुरको नगरसभामा पेश गरिने बजेटमा मोनोरेलको सम्भाब्यता अध्ययन अघि बढाउने गरी प्रस्ताव पेश हुँदैछ ।

भोलि काठमाडौं र ललितपुर महानगरको नगरसभामा आगामी वर्षको बजेट पेश गर्ने कार्यक्रम छ । दुबै महानगरले आफ्नो प्रस्तावित बजेटमा मोनोरेल सञ्चालनको विषयमा अध्ययन थाल्न कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच पनि मोनोरेलको सम्भाब्यता अध्ययनलाई अघि बढाउने बारे छलफल भएको छ । दुबै मेयर पहिलो चरणमा काठमाडाैंकाे बुढानिलकण्ठदेखि ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने गरी सम्भाब्यता अध्ययन थाल्न सहमत भएका छन् ।

यसअनुसार नगरसभाका पेश हुने बजेट बक्तब्यमा दुबै महानगरपालिकाले मोनोरेल सञ्चालनका लागि तयारी थाल्ने प्रस्ताव पेश गर्ने भएका छन् ।

अहिले काठमाडौं र ललितपुर महानगरपालिकामा पीपीपी मोडलमा मानोरेल चलाउन विभिन्न कम्पनीहरुले प्रस्ताव पेश गरेका छन् ।

त्यसमध्ये एक मलेसियन कम्पनीको उचित प्रस्ताव आएकाले सो कम्पनीको पि्रजेन्टेशन हेरेर सम्भाब्यता अध्ययनको प्रक्रिया अघि बढाउन तयारी गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्न एउटा कम्पनीसँग सम्झौता गरिसकेको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि मोनोरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो हुन सक्ने निश्कर्ष दुबै महानगरको छ ।

अब पहिलो चरणमा काठमाडौंको गोदावरीदेखि बुढानिलकण्ठसम्म मोनोरेल चलाएर पछि विस्तार गर्न काठमाडौं र ललितपुरका अन्य नगरपालिकासँग पनि छलफल अघि बढाउने योजना बनेको छ । पछि भक्तपुरका क्षेत्रहरुलाई पनि समेट्ने गरी मोनो विस्तार गर्ने योजना बनेको छ ।

मेट्रो चलाउन काठमाडौंको क्षेत्रफल सानो भएको र जमिन मुनि हुने भएकाले अनेकन सम्सयाहरु आउने अवस्था मोनोरेललाई नै काठमाडौंका सबै स्थानीय तहको अपनत्व हुने गरी अघि बढाउन दुई महानगर एकमत भएका छन् ।

मानो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुन्छ । निर्माण अवधि पनि मेट्रो रेलकोभन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको निश्कर्ष उनीहरुको छ ।

मानो रेल गुड्न सकडमा ट्रली बसको जत्रै खम्बा राख्दा हुन्छ । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने अपेक्षा गरिएको छ । -अनलाइनखबर बाट

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...