CG Electronics
IME Life
NIMB

फोटोग्राफी गर्दाको आनन्द बेग्लै छ – बस्नेतसँग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विगत दुई दशकदेखि फोटोग्राफीमा निरन्तर लागिरहेका युवा व्यवसायी योगेन्द्रजंग बस्नेतले नेपाललगायत विश्वका ६ दर्जनभन्दा बढी देशहरुमा फोटोग्राफी गरिसकेका छन । विश्वका विभिन्न देशमा खिचिएका विभिन्न विधाका हजारौं तस्वीरहरू उनीसँग संग्रहित छन ।

 १७८औं विश्व फोटो दिवसको सन्दर्भ पारेर उनीसँग संग्रहित तिनै तस्वीरहरूको प्रदर्शनी भाद्र ३ देखि नेपाल आर्ट काउन्सिल बबरमहल हुँदै छ । ३दिनसम्म चल्ने सो प्रदर्शनीबाट उठेको रकम धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत बाढीपीडित जनतालाई प्रदान गरिने छ । नेपाल फोटोग्राफी एसोसियशनमा समेत आबद्ध रहेका बस्नेतसँग प्रदर्शनीको छेको पारेर केशव भट्टले गरेको संवादः

यहाँले गर्न लाग्नुभएको प्रदर्शनीको उद्देश्य के हो ?
यो प्रदर्शनीको धेरै ठूलो उद्देश्य राखेर गरिएको होइन । म आफु फोटोग्राफर भएको नाताले फोटोग्राफीको सिलसिलामा धेरै देश घुमे । सोहिक्रममा देश विदेशमा खिचेका विभिन्न फोटोहरु मसँग संग्रहित छन् ।

जो सबैले हेर्नैपर्ने र बुझ्नैपर्ने खालका छन् । प्रदर्शनीबाट आएको रकम बाढीपीडित जनताका लागि राहत स्वरुप धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

 

प्रदर्शनीमा कस्ता कस्ता फोटोहरु राखिनेछन् ?
यस प्रदर्शनीमा वैवाहिक, सांस्कृतिक, ल्याण्डस्केप लगायत यात्रासँग सम्बन्धित विविध विषयका फोटोहरू राखिनेछ । त्यसैगरी लोकेशन देखाउने चिनाउने खालका फोटो पनि प्रदर्शनीमा राखिने छ ।

 

फोटोग्राफी भनेको के हो ?
खासमा फोटोग्राफी भनेको कुनै पनि मानिसको मन तान्न सक्ने र तुरुन्त मनोरञ्जन दिनसक्ने चाख लाग्दो प्रविधि युक्त कला हो ।

 

फोटोग्राफीका क्षेत्रहरु के के छन ?
फोटो पत्रकारिता, वेडिङ फोटोग्राफी, स्टुडियो फोटोग्राफी, पोट्रेट फोटोग्राफी र अझै सुक्ष्म तरिकाले हेर्दा यसमा विभिन्न दर्जनौं विधाहरु पर्दछन् ।

 

वेडिङ फोटोग्राफी भनेको के हो ?
वेडिङ फोटोग्राफी भनेको फोटोग्राफी जगतकै उत्कृष्ट विधा मानिन्छ । जीविकोपार्जन गर्न एकदम सजिलो र क्रेजी विधाको रुपमा समेत यसलाई लिइन्छ । यस भित्र विवाहका क्रममा हुने हरेक गतिविधि, भिडियो फुटेज तथा त्यससँग सम्बन्धित फोटोहरूलाई समेटिएको हुन्छ ।

आजभोलि त विवाहमा दुलहा–दुलहीको मात्रै फोटो नखिचिकन त्यसमा सहभागी सबैको फोटो खिच्ने चलन छ । यस फोटोग्राफीमा पोज होस नहोस त्यसको कुनै अर्थ हुँदैन । जस्तै फोटो खिच्नलाई पोजमा सिधा बस्नुपर्छ भन्ने पनि हुँदैन । वेडिङ फोटोग्राफीमा प्राकृतिक तरिकाले निर्देश गरेर पनि फोटो खिच्न सकिन्छ ।

 

अहिले नेपालमा फोटोग्राफीको अवस्था कस्तो छ ?
पहिलेको तुलनामा अहिले फोटोग्राफीको अवस्था निकै राम्रो छ । अब नेपालमा पनि फोटोग्राफी शिक्षाको आवश्यकता बढेर गएको छ । यसले फोटोग्राफीमा अझ व्यवसायिकता ल्याउँछ ।

तपाईले पानीजहाजमा पनि फोटोग्राफी गर्नुभयो, यात्रामा फोटोग्राफी गर्दा कस्तो अनुभव बारे बताइदिनुस् न ?
हो, मैले लामो समय पानीजहाजमा वेडिङ फोटोग्राफी गरेको छुं । यो एउटा सिङ्गै होटेल हो । जहाँ हजारौं मानिस अटाउँछन । यो सुविधायुक्त फ्लोरिङ्ग होटेल हो । त्यही सुविधा अन्तर्गत त्यहाँ फोटोग्राफी विभाग पनि हुन्छ । त्यसै विभागमा रही मैले काम गरेको छु । त्यहाँ चाँहि पोट्रेट फोटोग्राफी र वेडिङ फोटोग्राफी गरिन्थ्यो । पानीजहाजमा बिदा मनाउन भनेर धेरै मानिसहरू आउने गर्छन्, जसका कारण त्यहाँ भिडभाड हुने गर्छ । त्यहाँ फोटोग्राफी गर्दाको आनन्द बेग्लै छ ।

 

तपाई फोटो पत्रकारितातर्फ कसरी लग्नुभयो ?
फोटोग्राफी तथा फोटो पत्रकारिता मेरो रुचिको विषय हो । आफ्ना चाहाना पुरा गर्न लाग्दालाग्दै पेशा पनि यहि हुनपुग्यो । म जतिखेर यस क्षेत्रमा लागे त्यतिबेला पेशा भन्न मिल्ने अवस्था एकदम कम थियो । मैले फोटोग्राफी सुरुवात् गरेको २२–२३ वर्ष भयो ।

 

अहिले फोटो पत्रकारिता छोड्नु भएको हो ?
फोटो पत्रकारिता अत्यन्तै चाखलाग्दो विषय हो । मैले फोटो पत्रकारिता गर्दैगर्दा योभन्दा राम्रो अवसर पाएँ । त्यसकारण मैले यसबाट निस्क्रिय हुनुप¥यो । फोटो पत्रकारिता छोडेर वेडिङ फोटोग्राफीतर्फ लागेको हुँ।

 

फोटो पत्रकारिता भनेको के हो ?
फोटोमार्फत सूचना, सन्देश तथा समाचार दिनु नै फोटो पत्रकारिता हो । जुनसुकै अवस्थाको मान्छेले पनि फोटोलाई बुझ्न्सक्छ त्यसकारण यो प्रभावकारी पत्रकारिता पनि हो ।

 

अहिलेको नेपालको फोटो पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
अहिले नेपालमा मिडिया हाउसको संख्या बढेको छ । फोटो पत्रकार पनि बढ्दै गएका छन । पत्रकारहरू अझै व्यवसायिक बन्दै गएका छन । फोटोको गुणस्तर पनि राम्रो हुँदै गएको छ । पहिलेको भन्दा राम्रो अवस्था छ ।

 

फोटोग्राफीकै सिलसिलामा कुनै सम्झना रहिरहने घटना छ ?
यो पेशा नै एउटा रमाइलो पेशा हो । यसमा हरेक क्षण सम्झनयोग्य नै हुन्छन् । मैले सम्झनुपर्ने एउटा घटना छ । वेडिङ फोटोग्राफीको सिलसिलामा एकचोटि ‘नासाओ डिस्टिनेशन फ्लोटिङ्ग’मा दुलहा–दुलहीको फोटो खिच्नुपर्ने थियो । मैले काँधमा दुईवटा क्यामेरा बोकेर गएको थिए । दुलहीले आफुलाई दुलहाले पानीमा बोकेर फोटो खिच्नुपर्ने अफर गरिन् ।

म दुइटै क्यामेरा बोकेर पानीमा जाँदा मेरो क्यामेराको लेन्स नै भिज्यो र फोटो खिच्नै नहुने भयो । अव के गर्ने भनेर तनाव भइरहेको थियो तर दुलहासँग क्यामेरा रहेछ, सो क्यामेराको लेन्स प्रयोग गरेर फोटो खिचें । त्यही फोटो उसैलाई ३५ डलरमा बेचियो । यो पनि एक अविष्मरणीय क्षण हो ।

 

अहिले नेपालमा फोटोग्राफीबाट दैनिकी चलाउन सकिन्छ त ?
नेपालमा अहिले पहिलाभन्दा फोटोग्राफीको अवस्था राम्रो छ । दैनिकी त राम्रैसँग चलाउन सकिन्छ । पहिला त फोटो खिच्न धेरैले लाज मान्थें तर अहिले त्यो हटिसकेको छ । यसमै व्यवसायिक रुपमै लाग्ने हो भने पनि नेपालमा राम्रो अवसर आएको छ । डिजिटल प्रविधिसँगै यसमा अवसर पनि भित्रिएको छ । त्यसैगरी आजकल कलात्मक फोटोग्राफीमा मानिसको रुचि बढ्दै गएको छ ।

अन्त्यमा ?
म व्यवसायी पनि हुँ । मेरो आफ्नै अर्को व्यापार पनि छ । यी दुईवटै कुराहरूलाई निरन्तरता दिदैं अगाडि बढ्दै जान्छु । फोटोग्राफी मेरो रुचिको विषय हो । त्यसकारण यसलाई पनि निरन्तरता दिदैँ जान्छु । साथै मैले विभिन्न ठाउँमा फोटोग्राफी पनि पढाउँछु । यस क्षेत्रमा अझैं राम्रो गर्दै जाने लक्ष्य लिएको छु ।

 

सौर्य दैनिक बाट साभार

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...