CG Electronics
IME Life
NIMB

भारतीय मिडियाले के सन्देश दिन खोजेको ? नेपालमा यस्तो चल्दैन : डा. रिजाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा भारतीय मिडियामा राखेको धारणाको नेपालमा सामाजिक सञ्जालमा प्रसंशा भएको छ ।

भारतीय एक टेलिभिजन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले भनेका छन्  “लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि हो । त्यो इतिहासको तथ्यले पुष्टि गरेको छ । त्यहाँ एकपक्षीरुपमा भारतले नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि समय दिँदा पनि वार्तामा नआएपछि हामीले नक्सा सार्वजनिक गरेका हौं । सीमामा समस्या छ र त्यो समस्या द्विपक्षीय कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्छ ।”

भारतीय मिडियाको एकोहोरो रटान र प्रश्‍न सोधिसकेपछि जवाफ सुन्‍न नचाहने प्रवृतिबाट आक्रोशित रिजालले भने, “भारतीय मिडिया के सन्देश दिन खोजेका छन् । यो टेलिभिजन अन्तर्वार्ताको तरिका होइन र यस्तो तरिका नेपालमा चल्दैन । प्रश्‍न सोधिसकेपछि जवाफ सुन्‍नसक्ने धैर्यता पत्रकारलाई हुनुपर्छ ।”

पत्रकार अर्नव गोसामीको कार्यक्रम दी डिबेटमा अर्नबले एकोहोरो चीन कसैको साथी हुनसक्दैन भन्‍ने अभिव्यक्ति दिएपछि रिजालले भने, “हामीले कोसँग कस्तो सम्बन्ध बनाउने भन्‍ने कुरा निर्णय गर्ने अधिकार हाम्रो हो । हामी एक सार्वभौमसत्ता सम्पन्‍न मुलुका नागरिक हौं । हामी भारत र चीन दुबैसँग बराबरीको हैसियतमा राम्रो सम्बन्ध विकास गर्न चाहन्छौं ।”

पूर्वमन्त्रीसमेत रहेका रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट नेपालीहरु निराश भएको बताएका छन् । भारत समस्या समाधानका लागि वार्ताबाट भाग्‍ने होइन वार्ताको टेबलमा आउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, “यस विषयमा मिडियाले एकपक्षीय आरोप लगाएर हुँदैन । भारतीय मिडियाले नेपाल र नेपाली जनताको सम्मान गर्नुपर्छ । त्यसपछि संवाद राम्रो हुन्छ । भारत वार्ताका टेबलमा प्रमाणसहित आउनुपर्छ र हामी पनि प्रमाणसहित वार्ताको टेबलमा आउनेछौं । वार्तामार्फत नै समस्याको समाधान गरौं ।”

भारतीय विज्ञहरुले नेपालका प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति ‘सत्यमेव जयते कि सिंहमव जयते’ र ‘भारतबाट आएको भाइरस बढी खतरानाक छ’ मा आपत्ति जनाउँदै भारतको अपमान गरेको बताएका थिए । नेता रिजालले यस प्रश्‍नको जवाफ यस प्लेटफर्ममा दिन उपयुक्त नभएको दिन नसक्‍ने बताए ।

तपाईं प्रतिपक्ष दलका एक नेता हो यस विषयमा किन बोल्‍नु हुन्‍ने भन्‍ने प्रतिप्रश्‍नको जवाफ दिँदै भने, “हामी राजनीतिक दलका हिसाबमा आन्तरिक समस्याका विषयमा एक फरक विचार हुनसक्छन् । तर, सीमाका विषयमा प्रधानमन्त्री अहिले जुन पोजिसनमा हुनुहुन्छ । त्यो पोजिसन र अडानलाई शतप्रतिशत समर्थन गर्छौं । भारतले एकतर्फीरुपमा नेपालको भूमि कब्जा गरेको फिर्ता लिन वार्ताका लागि तयार छौं ।”

भारतीय कांग्रेसका एक नेताले नेपालले भारतलाई र भारतले नेपाललाई गरेको सहयोगहरु बिर्सनै नसकिने भए पनि माओवादीलाई आफूहरुले सत्तामा पुर्‍याएको र अहिले उनीहरुलाई भारतविरुद्ध चीनसँग मिलेर रणनीति बनाइरहेको आरोप लगाए । उनले नेपालको सरकार असफल भएर राजनीतिक संकट उत्पन्‍न हुने स्थितिमा चीनले जोगाइ दिएपछि चीनको ऋण तिर्न नेपालले भारतविरुद्ध कालापानीको विषय उठाएको आरोप लगाएका थिए ।

अहिले अन्य राजनीतिक विषयमा कुरा गर्ने समय नभएको र सीमाको विषयलाई डाइभर्ट गर्न खोजिएको भन्दै नेता रिजालले प्रश्न गरे, “सीमा समस्याका लागि प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन भारतले किन नबुझेको ? भारत यति लामो समयसम्म किन वार्ताका लागि किन तयार नभएको ? एकतर्फी नक्सा जारी गरेर विवाद सिर्जना कसले गरेको ? ”

उक्त डिबेटमा सहभागी दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले नेपाल-भारतबीच ऐतिहासिक सांस्कृतिक सम्बन्ध भएको र नेपालले भारत र चीन  दुबैसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताए । उनले भने, “एक विषयमा सबैलाई मिक्सअप गरेर हेर्नुहुँदैन । अहिले सीमा समस्या मुल कुरा हो । यसमा सबै ल्याएर अरु कुरालाई मिसाउन हुँदैन ।”

उनले थपे, “भारतले एकतर्फी नक्सा सार्वजनिक गरेपछि लामो समय वार्ताका लागि कुर्‍यौं । नेपालविरुद्धको भारतीय मिडियाहरु एकतर्फी लागिरहेका छन् ।  म पनि पत्रकार हुँ र प्रश्‍न सोधिसकेपछि त्यसको जवाफका लागि कुर्नसक्ने धैर्यता आवश्यक पर्छ ।”

त्यसैगरी रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले पत्रकारले इस्यु डाइर्भट गरेको यो पहिलो पटक भएको बताए । उनले भने, “नेपालले जे गरेको छ, त्यो सब नेपालले गरेको छ । कसैको उक्साहटमा लागेको गरेको छैन ।”

कालापानीका विषयमा ऐतिहासिक तथ्याले स्पष्टरुपमा नेपाली भूमि भनेको उनले बताए ।

कार्यक्रममा सुरुआतमा नेता रिजाललाई अर्नबले प्रश्‍नको भूमिका बाँधेका थिए, “चीन कसैको साथी होइन । चीन अहिले विश्वमा एक्लै छ । तपाईलाई पनि थाहा छ, अहिले एकाएक भारतीय भूभागमा नेपालको चाहना हास्यास्पद छ । भारतीय भूमि कब्जा गर्ने सपना देखेको छ भने त्यो सम्भव छैन । भारतीय भूमि कालापानीमा भएको  लिपुलेक पास भारतले चिनियाँ गतिविधिमा आँखा राख्‍न महत्वपूर्ण बिन्दु हो । चीनले तपाई (नेपाललाई) प्रयोग गरिरहेको छ । तपाई भारत-नेपाल सम्बन्धमा प्रतिबद्ध हुनुहुन्न । नेपाल चीनको भाडाको भूमि हो । तपाईहरुले चिनियाँ विदेश नीतिलाई उपयोग गर्नुभयो ।”बाह्रखरी

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...