लक डाउनमा कर तिर्न जारी उर्दीको चौतर्फी विरोध
Wednesday Jun 03, 2020
वि.सं.२०७७ जेठ २१ बुधवार २१:३९
काठमाडौं –चालु आर्थिक वर्षको कर तथा विवरण जेठ २५ गतेभित्र बुझाउन आन्तरिक राजस्व विभागले सोमबार निर्देशन जारी गरेपछि यसले आर्थिक र राजनीतिक क्षेत्रमा हलचल पैदा गरेको छ ।
सरकारको यस निर्णयको सर्वत्र विरोध भएको छ । निजी क्षेत्रका अलवला नेपाली काँग्रेस सहितका प्रतिपक्षी दले पनि तिखो आलोचना गरेका छन् । आम जनताले पनि यसको चौतर्फी विरोध गरेका छन् ।






















