बिहान सबै पसल खोल्ने व्यवसायीको निर्णय
Thursday Jun 04, 2020
वि.सं.२०७७ जेठ २२ बिहीवार ०७:४७

काठमाडौं – काठमाडौंमा लकडाउन खुकुलो हुने भएको छ । व्यवसायीहरुले भोलिदेखि बिहान ११ बजेसम्म सबै पसल खोल्ने निर्णय गरेका छन । यद्यपी यो निर्णयलाई सरकारले अनुमति दिने सम्भावना कम छ ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
महासंघका महासचिव अञ्जन शाक्यका अनुसार बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको छ । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने पर्ने छ ।
यसले कोरोना संक्रमण थप बढ्ने अनुमान गरिएको छ । संक्रमितको संख्या बढिरहदा बजार पसल खुले संक्रमण थप बढ्ने अनुमान छ ।






















