nic bank
himalayan everesat
Nmb bank

एनआईसी एशिया बैंकले आफ्ना दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं –एनआईसी एशिया बैंकले आफ्ना दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकले उक्त रकम भुक्तानी गरेको बताएकाे हाे ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ। श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरिएको छ।

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको बैंकले बताएको छ। यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ ९अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ० सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ।

चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको बैंकको भनाइ छ। यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...