कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा
Tuesday Jun 30, 2020
वि.सं.२०७७ असार १६ मंगलवार २०:५३

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै मिति २०७७र०३र१४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापनर आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्नुहुनेछ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब् लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकमहानुभावहरुलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षे आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
























