CG Electronics
IME Life
NIMB

गरिमा विकास बैंकले दिने भयाे एक महिनाको व्याज छुट

NIMB
Himalayan Bank

काठमाडौं – गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो ।

कोरोना भाइरसको कारण सरकारले गरेकाे लकडाउनमा ग्यारेजमै थन्किएका यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन नहुँदा आर्थिक समस्या परेका व्यवसायीहरुलाई राहत स्वरुप बैंकले सो व्यवस्था गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दुई प्रतिशत बिन्दु व्याज छुट दिएको बताउँदै ग्राहकमा परेको समस्यालाई मध्यनजर गर्दै असार महिनाको व्याज छुट दिने भएको हो ।

विकास बैंकले सवारी साधन समेत धितो राखेका यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन(बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको ‘हायर पर्चेज’ शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही(ऋणी)हरुलाई असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ ।

उक्त सेवाग्राहीहरुले असार मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...