CG Electronics
IME Life
NIMB

खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी

NIMB
Himalayan Bank

काठमाडौं – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पराजुली राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् । राष्ट्रिय खेलकुद ऐन– २०७७ मा राखेपमा कार्यरत कुनैपनि कर्मचारीले कुनैपनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ । सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । नयाँ ऐनकै प्रावधान अनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन् । उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ ।

निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे ।
सो अवसरमा पराजुलीले खड्कालाई कार्यकाल पूर्ण सफलताका शुभकामना दिदै सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्न सुझाए ।
अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सुझाव÷सल्लाह अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागे पछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो । चोटमुक्त भएपछि पनि ग्योरोगी ९फाइट० विधालाई त्यागी उनले पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गरे । उनले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पुम्सेतर्फ स्वर्ण जितेका थिए । हाल उनी प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त छन् । खेलाडी, प्रशिक्षकका साथै निर्णायकको भूमिकामा उनले करिब ३२ राष्ट्रको भ्रमण गरिसकेका छन् । खेलाडीका रुपमा उनले १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्काले डाँछीमा तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आएका छन् । नेप्लिज तेक्वान्दो एकेडेमीका नाममा सञ्चालित यस एकेडेमीमा उनले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आएका छन् । उनी एकेडेमीका अध्यक्ष पनि हुन् ।

समाजसेवामा पनि सक्रिए ३३ वर्षीय कागेश्वरी मनोहरा नगरपालिका, थली निवासी खड्काले २०७२ सालको भूकम्प पीडित र हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस ९कोभिड– १९० बाट समस्यामा परेकालाई राहत वितरण गरेका थिए । त्यस्तै समयसमयमा घाइते खेलाडीको उपचार र समस्यामा परेका खेलाडीका परिवारलाई पनि आर्थिक सहयोग जुटाइ दिने गरेका छन् ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...