CG Electronics
IME Life
Ncell NPL

समर युनिभर्सियाडको काउन्ट डाउन सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – समर युनिभर्सियाड गेम्सको ३१ औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । त्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना ग¥यो ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स ९फिसु० ले मात्र खेल सुरु हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए । फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ ।

गेम्स चीनको छेङदुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो । गत संस्करण इटालीको नापोलीमा भएको थियो ।
कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो । कोरोनो भाइरस ९कोभिड– १९० का कारण थोरैको उपस्थितिमा कार्यक्रम गरिएको महासचिव बोहराले बताए ।

आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड

नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् । उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वल्र्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे ।
सानो उमेरमा खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । खेलकुद क्षेत्रबाट नेपालबाट सम्मानित हुने आर्यन पहिलो भएको उनका पिता सञ्जयले जनाएका छन् । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ ।
आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन् । पाँचैमा उनले स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए । भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नौ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए । सिंगापुरमा भएको प्रतियोगितामा उनी तेश्रो भएका थिए । आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन...

वि.सं.२०८२ चैत ५ बिहीवार ०७:३८

  पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार ०८:५५

  काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ फागुन ७ बिहीवार २१:२३

      बालुवाटार क्रिकेट एकेडेमी विजेता, पाकिस्तान दूतावास टिम...