CG Electronics
IME Life
NIMB

प्राइम बैंकले भीमसेन मन्दिर निर्माणमा रकम सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पाटन दरबार स्क्वायरस्थित प्राइम बैंकले भीमसेन मन्दिर निर्माणमा रकम सहयोग  गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार १० लाख हस्तान्तरण गरे ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए ।

मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफै जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठले आफूलाई रु १० लाख सहयोग गर्नुभएको महर्जनले जानकारी गराए । उनले भने, “मुलुकमा कोरोना माहामारी आउनुअघि वाणिज्य बैंकले पाँच लाख, एभरेष्ट बैंकका अध्यक्षले एक करोड सहयोग गर्नुभएको थियो ।” सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यले ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड दिइसकेको महर्जनले बताए ।

‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराए । उनले भने, “कोभिड महामारीले मन्दिर पुनःनिर्माणमा केही ढिलाइ हुँदा हाल भूइँ तलाको काम समाप्त भयो भने पहिलो तलाको काम पनि सकिनै लागेको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए ।” सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौं स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ ।

मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । चार शताब्दी भन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घ संस्था लागि परेका छन् ।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिनुभएको र यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रिका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...