CG Electronics
IME Life
NIMB

प्रहरी निरीक्षक हु भन्दै परीक्षार्थीहरु संग ३ लाखभन्दा बढी रकम असुली

NIMB
Himalayan Bank

वीरगञ्ज । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १६ देव पार्टि प्यालेसबाट बुधबार पक्राउ परेकाहरूलाइ प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै परिक्षा सञ्चालन गरिरहेको अवस्थामा २७ जनालाइ प्रहरीले पक्राउ गरेको हो ।
लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले २७ जनालाइ नियन्त्रणमा लिएको थियो । बारा, पर्सा र सर्लाहीका परीक्षार्थी २१ जना र परीक्षा सञ्चालनमा सहयोग गर्ने ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिक्षार्थी ठगि गरि परिक्षा सञ्चालन गर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ निवासी अजय कुमार राय, जितपुर सिमरा वडा नं ५ बस्ने हिरालाल महतो, २८ वर्षिय बसन्त चौधरी, बीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने २१ वर्षिय रवि कुमार चौरसिया, वडा नं २७ रानिघा निवासी रामजी चौरसियालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी निरीक्षक हुँद भनी परिचय दिँदै हिँड्ने अजय कुमार रायलाइ नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान(२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २७ थान सहित प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...