बन्द तातोपानी नाका आजदेखि आजदेखि पुनः सञ्चालन हुने
Monday Oct 05, 2020
वि.सं.२०७७ असोज १९ सोमवार ०८:२२

सिन्धुपाल्चोक । तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो ।
खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो ।
असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका आज असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिने गरेका छन् ।
























