CG Electronics
IME Life
NIMB

निर्मला हत्याकाण्डबारे के भन्दैछन् आरोपित बम दिदीबहिनी ?,के हुँदैछ छानबिन ?

NIMB
Himalayan Bank

१३ वर्षीया निर्मला पन्त हत्याको अनुसन्धानका लागि भदौ ९ गते शनिबार पक्राउ परेका रोशनी र उनकी दिदी बबिता बमसँग प्रहरीले सोमबारदेखि बयान लिन शुरु गरेको छ।

कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट निलम्बनमा नपरुञ्जेलमा प्रहरीकै निगरानीमा बस्दै आएका बम दिदी बहिनी शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेपनि, उनीहरुमाथि सोमबारदेखि मात्रै सोधपुछ गर्न थालिएको हो।

एसपी बिष्टको नेतृत्व रहँदासम्म त उनीहरुलाई छुने हिम्मत कसैको थिएन, प्रहरीको समेत । पक्राउ परे पनि दुई दिनसम्म निर्मला हत्या काण्डबारे वास्तै नगरेको प्रहरीले जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिएसँगै उनीहरुसँग सोधपुछ गर्न थालिएको हो । सोधपुछ र अनुसन्धानका क्रममा बम दिदी बहिनी नर्भस बनेको श्रोतले जनाएको छ ।

सोमबार बयान लिने क्रममा उनीहरुको मुख सुकेको र धेरै समय बयान दिन नसकेको बुझिएको छ। प्रहरीले आफ्नो विशेष मेथड प्रयोग गरेर उनीहरु अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीको हिरासतमा पर्दा मान्छेको अबस्था जस्तो हुन्छ उनीहरुको हालत पनि त्यो भन्दा भिन्न नभएको प्रहरीको भनाइ छ । तर उनीहरुले सत्यतथ्य बताउनेमा आफुहरु विश्वस्त गरेको अनुन्धानमा खटिएका प्रहरी अधिकृतहरुको दाबी गरेका छन्। अबको एक दुई दिनमै निर्मला हत्याकाण्डबारे थुप्रै प्रमाण फेला पर्ने पनि उनीहरुले दाबी गरेका छन्।

रोशनी र बबिता बमलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको हो। उनीहरुसँग निर्मलासँगको चिनजान र सम्बन्ध, साउन १० मा घटना भएको दिनको बसाइ, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारणबारे सोधपुछ भइरहेको विशेष श्रोतले जनाएको छ।

निर्मला हत्याकाण्डबारे अनुसन्धानका लागि कञ्चनपुर प्रहरीले, डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ।

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...