CG Electronics
IME Life
NIMB

नेतृत्व पाए कोरोना प्रभावितलाई प्याकेज बनाएर उकास्ने काम गर्ने उपाध्यक्षका उम्मेदवार संघईले सुनाए यस्तो मन्त्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन्। कहलिएका ब्यापारी संघई नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा होमिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा व्यवसायीहरु वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलमा बाँडिएर चुनावी दौडमा उत्रिएका छन्।

संघईले पनि ढकाल प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने यतिखेर चुनावी प्रचारमा व्यस्त छन्। उनले आफूहरुले नेतृत्व पाए कोरोना प्रभावित व्यवसायीको लागि प्याकेज बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तो छ उनको आग्रह (उनकै शब्दमा) :
‘सबैलाई अभिवादन गर्न चाहन्छु, नजिकै आइरहेको दीपावली तथा छठको अवसरमा सम्पूर्ण उद्योगी व्यवसयाी मित्रहरु मान्यवर, यस त्रिवेणी समूहका ग्राहकहरु तथा सम्पूर्ण देशवासीहरुमा म हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु।

स्वदेशमा हामी त्रिवेणी समूहअन्तर्गत विभिन्न क्षेत्रहरु कृषि, ऊर्जा, बैंकिङ, खाद्यान्न, उत्पादनमूलक उद्योगहरु, बीमा कम्पनी तथा सेवामूलक क्षेत्रमा योगदान पुर्याउँदै व्यवस्थापन तहमा नेतृत्व लिएर अगाडि बढिरहेका छौँ।

हाल तिहार तथा दीपावलीपछि हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व छनोटको लागि एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

महासंघको यो ५४औं साधारणसभाले नयाँ नेतृत्व प्रदान गर्दैछ। जसमा मैले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेको छु। लामो समय म महासंघको कार्यकारिणी समितिमा रहेर काम गरिसकेको छु।

मैले अब उपाध्यक्ष भएर काम गर्न चाहेको छु। यसमा सबै उद्योगी व्यवसायीको साथ रहने अपेक्षा राखेको छु। अहिले व्यवसायीहरुले पनि त्यसमा साथ दिने कुरा व्यक्त गरिरहनुभएको छ। मलाई हौसला प्रदान गरिरहनुभएको छ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको नेतृत्व हुने गरी हामीले प्यानल नै बनाएर उम्मेदवारी दिएका छौँ।

अहिले कोभिडको कारणले व्यवसायीहरु एकदम मारमा परेका छौँ। उनीहरुको पुनरुत्थान ठूलो आवश्यकता रहेको छ। हामीले नै नेतृत्व पाएका खण्डमा एक प्याकेज नै निर्माण गरेर व्यवसायीको हकहितको लागि काम गर्नेछौँ।

म आफू सधैँ व्यवसायीहरुको साथ सहयोगको लागि तयार रहेको प्रतिबद्धता जनाउन पनि चाहन्छ। अहिले नै हामी कोभिड प्रभावितहरुको लागि प्रोजेक्टकै तयारी गरिरहेका छौँ।

हामीले व्यवसायीको हितमा तथा सधैँ उनीहरुको साथमा रहिरहने भएको कारण हामीलाई सम्पूर्ण उद्योगी व्यवसायीले आफ्नो अमूल्य मत दिनुहुन्छ भन्ने आशा पनि गर्दछु।’

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...