CG Electronics
IME Life
NIMB

अमेरिकामा महामारीमा नेपालीहरुले लक्ष्मी पूजा सहित यसरी मनाए भाइटिका (तस्बिरहरु सहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

डिसी महानगर क्षेत्र । कोरोना महामारीको महा(प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका मनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यहरुमा नेपालीहरुले बिगत बर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न अवसर पाएनन । तथापी सिमित परिवार ,सुरक्षित हुदै स्वास्थ्यलाई ध्यान दिदै अमेरिकाका विभिन्न राज्यहरुमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकोले अमेरिकामा बसोबास गर्ने नेपाली अधिकांशले ११ स्३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका ग्रहण गरेका छन ।

 

अमेरिकामा सोमबार कामको दिन यमपञ्चकको पाँचौ दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेलहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाई रहेका छन । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएकोले यसै गरि टीका ग्रहण गरेका छन ।

 

नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई पनि पहिलो पुस्ताले यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरु र आफ्ना सन्तानलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् । दोश्रो पुस्ताले देउसी र भैलो मज्जाले खेलेका छन् । यस पटक अत्यधिक रुपमा परोक्ष९भर्चुअल०मार्फत गीत ,नृत्य,कविता ,आदी इत्यादी समेत तिहारमा प्रस्तुत समेत गरेका छन् ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु पाइने हुनाले दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनिहरुले आफै बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।

लक्ष्मी पूजा :

अमेरिकामा विभिन्न राज्य ,शहर,गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले यमपञ्चकको दोस्रो दिन लक्ष्मी पूजा पनि श्रद्धाभक्तिको साथ मनाए । नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री,दियो,कलस,फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाए ।

तर यस पटक कोरोना भाइरस महामारीको कारण बिगत बर्ष भन्दा खल्लो हुन् पुग्यो । आफन्त र आफ्नै परिवार बीच समेत आउने जाने नहुनाले नेपालीहरुको दोश्रो महान चाड तिहार उल्लासमय हुन सकेन ।

तथापी परिवार रमाएर चाड मनाए । लक्ष्मी पूजाको दिन साँझ भए पछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...