CG Electronics
IME Life
NIMB

सफा टेम्पो बन्द गर्ने निर्णय फिर्ता नलिए देशव्यापी हड्ताल गर्ने चेतावनी

NIMB
Himalayan Bank


काठमाडौ २३ असार । वातावरणमैत्री विद्युतीय सफा टेम्पो हटाउने सरकारको निर्णय तत्काल फिर्ता नलिए देशव्यापी रुपमा आन्दोलनमा उत्रिने चेतावनी सरोकारवालाहरुले दिएका छन् । सफा परिवहन व्यवसायी संघले रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको यस्तो निर्णय गलत भएको र यसलाई तत्काल सच्याउनुपर्ने माग सरोकारवालाहरुको रहेको छ ।
सरकारले २० वर्ष पुराना साना तथा ठुला यातायतका सवारी साधन खारेज गर्ने भन्ने निर्णयबाट टेम्पो चालक र व्यवसायी मर्कामा पर्ने भएकोले यसलाई कडाई नगरी हेरेफेर गर्नुपर्ने धारणा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले व्यक्त गरेका छन् । सवारी साधन जति पुरानो भए पनि त्यो सँग सम्बन्ध नराखी प्रदुषणयुक्त सवारी साधन १० वर्षकै भए पनि हटाउने र प्रदुषणमुक्त छ भने ५० वर्षकै भएपनि खासै फरक नपर्ने उहाँको भनाई छ ।
त्यसैगरी कार्यक्रममा यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष डोलनाथ खनालले सफा टेम्पो हटाउने निर्णय फिर्ता नगरे सडक जाम केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । भने पत्रकार ऋषि धमलाले सरकारले विद्युतिय साधनमाथि रोक लगाउनुको सट्टा प्रोत्साहन दिनुपर्ने सुझाव दिनुभयो जसका कारण देशमा ठुलो परिमाणमा पेट्रोलियम पदार्थको आयत हुने गरेको छ जसले गर्दा राज्यको ठुलो धनराशी खर्च भएको छ विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गरी इन्धनको आयतलाई कम गर्दा देशको धनराशीको बचत हुने बताउनुभयो ।
त्यस्तै नेपाल सफा टेम्पो परिवहन व्यवसायी संघका अध्यक्ष विष्णु धितालले विद्युतिय सफा टेम्पाले वातावरणलाई प्रभाव नपार्ने मात्र नभई आर्थिक र रोजगारीको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको छ जसले गर्दा दशौँ हजारको संख्यामा रोजीरोटीको अवसर पाएका छन् भने आर्थिक रुपमा राम्रो सहयोग मिलेको छ । यो व्यवसायमा लागेका एकल महिला, निम्न आय भएका मजदुर लगायत ब्याट्री चार्ज गर्ने कम्पनीमा काम गर्ने मजदुरको समेत रोजीरोटी खोसिनेछ । त्यसकारण सफा टेम्पोलाई इन्धनबाट चल्ने साधनसँग नमिसाई ३० वर्ष सम्म सफा टेम्पो चलाउन पाउनुपर्ने माग राख्दै यो माग तत्काल पुरा नगरे जस्तोसुकै प्रकारको आन्दोलनमा जान तयार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौलाले सरकारी निकायलेनै पुराना सवारीसाधन धुवाँको मुस्लो छोड्दै कुदिरहेको आरोप लगाएका छन् । सवारीसाधनको खारेज विभेदपूर्ण तरिकाले होइन कन्डिसनलाई हेरेर खारेज गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ । हजारौँ महिला दिदिबहीनीहरुको रोजीरोटीको मुख्य भुमिका खेलेको टेम्पोलाई २० वर्षको भन्दै रोक लगाउने काम गरेर सरकारले अन्याय गरेको छ यस्तो गर्न कदापि मिल्दैन भन्नुभएको छ ।
वातावरण विशेषज्ञ भूष्ण तुलाधरले सफा टेम्पोमा रोक लगाएर सरकारले मूर्खतापूर्ण काम गरेको भनेका छन् । नेपाललाई सगरमाथाको देश र सफा टेम्पो चल्ने देश भनेर विश्वमा चिनिएको उदाहरण दिँदै गरिमा र पहिचानसँग जोडिएको सफा टेम्पोलाई हटाउने सरकारको यो निर्णय गलत छ यसले गर्दा ठुलो संख्यामा रहेको श्रमजीवीहरुको रोजीरोटी खोसिनेछ, यदि सरकारले यो निर्णयलाई जबरजस्ती कार्यान्वयन गर्न खोज्यो भने वातावरण सम्बन्धी नेपाल आउने अन्तराष्ट्रिय डोनेसन नै बन्द गराउने चेतावनी समेत दिनुभयो । भने ईसानका अध्यष उमेश श्रेष्ठ, विमला थापा लगायतले पनि सरकारले गरेको निर्णयप्रति आफ्नो विचार राखेका थिए ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...