CG Electronics
IME Life
NIMB

चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला नगरका अध्यक्षको भेला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं :  जिल्ला नगर र केन्द्रबीच पुलको रुपमा काम गर्नेछु, ढकाल काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा वसेर काम गर्न सक्ने बताउनुभयो । ‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उहाँले भन्नुभयो, ‘म चुनाव जित्नका लागि मात्रै नजिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भएपनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’ अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुयो । ‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उहाँले बताउनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए । भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताउनुभएको थियो । कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताएका थिए । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा हुनुहुन्छ । त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिनुभएको थियो । उहाँहरुले उद्योगी व्यवसायीका हकहितका लागि भएपनि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई आग्रह गर्नुभएको थियो ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...