CG Electronics
IME Life
NIMB

वीरगन्ज तराई हस्पिटलको डाक्टरहरुको लापरवाही को कारणले अजय सराफको मृत्यु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वीरगन्ज । वीरगञ्ज तराई हस्पिटलको लापरवाहीले अजय सराफको मृत्यु भएकाे आराेप लागेकाे छ । वीरगंजको लक्षमुमनावस्थित रहेको तराई अस्पतालका चिकित्सकको लापरवाहीका कारण बिहीबार वीरगन्ज–१६ नगवा निवासी ४० वर्षीय अजय सर्राफको मृत्यु भएकाे उनकाे परिवाजनले आराेप लगाएका छन् ।

सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका सर्राफको चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको उनीहरुकाे भनाई छ । ग्यासको पीडा सहन नसकेर एका विहानै ना २० प ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधि चलाएको कारण एक घण्टा नवित्दै मृतकका छोरा उत्तम सर्राफले वताए । मृतक अजय सर्राफका आफन्त अरबिन्द कुमार सर्राफले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधिले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको भनाइ छ ।

 

ग्यास्ट्रिटको औषधि चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधिहरु धमाधम लगाउने गरेको कारण औषधि रिएक्सन भएर मृत्यु भएको उनले दाबी गरे । एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ डाक्टर हुनुपर्ने ठाउँमा कम्पाउण्डर रहेको र तिनले नै डा. सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधि लेखेर किन्न लगाइरहेको अवस्थामा आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधि किन दिनुप¥यो ? भनेर सोध्दा उल्टै बढी बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिएको भन्दै आफन्त अरविन्दले यहाँ उपचारको नाममा मान्छे मार्ने काम भइरहेको आराेप लगाए । विरामीलाई दिनुपर्ने औषधि नदिएर धमाधम बढी मात्रामा औषधि चलाएको कारण रक्तचाप (ब्लड प्रेसर) उच्च भई मृत्यु भएको उनको दाबी छ ।

यता विरामीको उपचारमा खटिएका डा सुजित कुमार साहले ति विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका सर्राफलाई औषधि दिए पश्चात अचानक उनको रक्तचाप (ब्लड प्रेसर) उच्च भई ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने बताए । विरामीको जीउमा अल्कोहलको मात्रा बढी भएको, ग्यास्टिकको समस्याले भयावहस्थिति लिन थालेपछि उनले भोमिटिङ्ग गर्दागर्दै उनको फोक्सोमा भोमिटिङ्ग पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।

सर्राफको मृत्यु भएसँगै आफन्तजनहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थालेपश्चात तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको अस्पताल पुगेको थियो । यस विषयमा पीडित पक्षले उजुरी दिए आवश्यक छानविन हुने प्रनि साहले वताए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरिक्षक साहले जानकारी गराए । यता पिडित पक्षले बिहिबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा घटना सम्बन्धमा छानविनकाे माग गर्दै उजरी दर्ता गराएका छन् । त्यसपछि साेही दिन जिल्ला प्रशासन कार्यालयले छानविनकाे लागि नारायणी अस्पताललाई पत्रचारसमेत गरेकाे छ । आज नारायणी अस्पतालले चिकित्सकहरुकाे एक टाेली गठन गरि छानविन अघि बढाउने जनाएकाे छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...