CG Electronics
IME Life
NIMB

खल्ती डिजिटल वालेटबाट रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ । यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन् । खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो । उक्त योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि खल्तीको वेबसाइट खल्ती डट कम वा खल्ती मोबाइल एपको होम स्क्रिनमा रहेको खल्ती ‘बजार’ मा गइ ‘खल्तीमा आइफोन १२’ क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाइभमा लक्की ड्रमार्फत गरिने खल्तीले जनाएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैकिङ कारोबार सहज साथै सरल गर्नु हो ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...