अर्जुन मा.बि.गाजरिको ७२औ बार्षिक उत्सब बिधिबत रुपमा सम्पन्न
Sunday Jan 24, 2021
वि.सं.२०७७ माघ ११ आइतवार ०८:२५

बैतडी जिल्ला । अर्जुन मा.बि.गाजरिको ७२औ बार्षिक उत्सब बिधिबत रुपमा सम्पन्न सिगास गाउपालिका बैतडी टेकेन्द्र सिह धामी माघ १० शनिबार बैतडी जिल्ला सिगास गाउपालिका वार्ड न. २ च्वागडकै मुटुमा रहेको अर्जुन माध्यमिक बिधालय गाजरी बैतडिको आज ७२ औ बार्सिक उत्सब समारोह विविध कार्यक्रमका बिच सम्पन्न भएको छ । उप्त बार्षिक उत्सब समारोहमा विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम रहेको र आदर्श डान्स ग्रुप तथा यसै अर्जुन माध्यमिक बिधालयका विशेष कार्यक्रम रहेका थिए ।

यसै गरि बिच बिचमा मन्तव्यको कार्यक्रम रहेकाले त्यति खल्लो कार्यक्रम पनि थिएन । बिधालयको बार्षिक कारोबार र शैक्षिक गुणस्तरको कुरा गर्दा खासै सन्तोषजनक र सबल न रहेको पाइएको छ ।स्वागत मन्तव्यको क्रममा प्राय गरि सम्पूर्ण बक्ताहरुको एउटै आसय बिधालय ब्यबस्थापनमा डेड महिना बितिसक्दा सम्म पनि कुनै टुंगो नलागेको हुदा बिधालयले चाडै निकास पाओस र बिधालयले अझै प्रगति गरोस भन्ने सुभकामना ब्यक्त गरेका थिए भने यश बिधालयको प्रमुख अथितिमा यसै वार्ड का वार्ड अध्यक्ष प्रेम सिह धामी रहनु भएको थियो ।

























