CG Electronics
IME Life
NIMB

आज महिला लघुवित्तको आईपीओ बाँडफाँड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं। महिला लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओ ३७ हजार ५ सय जना आवेदकले १० कित्ताको दरले प्राप्त गरेका छन् । कम्पनीले सर्व साधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

जसमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो । आवेदन दिएकामध्ये १५ लाख २ हजार ५ सय ३५ जनाको हात खाली भएको छ ।

कम्पनीले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणमा बाँडफाँड गरिएको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ ।

लगानीकर्ताहरुले आईपीओको नतिजा हेर्न भने सकस झेल्नुपर्ने भएको छ । संचार माध्यमहरुलाई नतिजा नदिने निर्णयले सिमित ठाँउबाट मात्र रिजल्ट हेर्दा समयमै नतिजा थाहा पाउन मुस्किल पर्नेछ । लगानीकर्ताले आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सक्नेछन् । तर मेरोशेयर वेबसाइटमा बारम्बार समस्या आउने गरेको छ । अनलाइन मिडियामा नतिजा हेर्न नपाउँदा लगानीकर्ताहरु समयमै नतिजा थाहा पाउनबाट भने बन्चित हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...