CG Electronics
IME Life
Ncell NPL

८ महिनामा बीमा कम्पनीहरुले एक खर्बभन्दा बढी बीमा शुल्क उठाए,कुन कम्पनीले कति उठायो हेर्नुहोस् सुची

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सञ्चालनमा रहेको जीवन र निर्जीवन बीमा कम्पनीले फागुन महिनासम्म १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समिति जनाएको छ ।चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

समितिद्वारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश छैन । सरकारी लगानीको राष्टिय बीमा कम्पनी नियमकको दायराभन्दा पनि माथि छ । लामो समयसम्म साधारणसभा र अडिट नगरी सञ्चालन भइरहँदा पनि बीमा समितिले यो कम्पनीलाई व्यवसाय गर्न छुट दिएको छ ।

फागुन मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँ र १९ वटा निर्जीवन बीमा कम्पनीले २० अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा बीमा शुल्क संकलन गर्ने पहिलो स्थानमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स छ ।

दोस्रो स्थानमा जीवनतर्फ एलआइसी र निर्जीवनतर्फ सगरमाथा इन्स्योरेन्स कम्पनी छ ।

सो अवधिमा जीवनतर्फ सबैभन्दा थोरै बीमा शुल्क महालक्ष्मी लाइफ इस्योरेन्सले गरेको छ भने निर्जीवनतर्फ सानिमा जनरल इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले फागुन महिनासम्म प्रथम र नवीकरण तथा वैदेशिक बीमा शुल्क गरी २२ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ । साथै, सो अवधिमा एलआइसीले प्रथम र नवीकरण बीमा शुल्क गरी १० अर्ब ८८ करोड बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी, अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इञ्जिनियरिङ, कोरोना र अन्य विविध बीमालेख बिक्री गरी शिखर इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीको फागुन महिनामा व्यवसाय

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले चालु आवको ८ महिनामा प्रथम र नवीकरण तथा वैदेशिक बीमा शुल्क कुल ८२ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल लाइफले २२ अर्ब रुपैयाँमाथि र एलआइसीले १० अर्ब रुपैयाँ माथि कुल बीमा संकलन गरेका हुन् ।

सो अवधिमा ९ वटा जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँदेखि ७ अर्ब रुपैयाँ ८३ करोड रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका छन् । जसमा नेशनल लाइफले ७ अर्ब ८३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६ अर्ब ५२ करोड रुपैयाँ, युनियन लाइफले ४ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ र सूर्य लाइफले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, प्राइम लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन्स लाइफले २ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा ६ वटा जीवन बीमा कम्पनीले १ अर्ब माथि २ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा ज्योति लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, रिलायवलले १ अर्ब ९५ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब ७४ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सन नेपालले १ अर्ब ४१ करोड रुपैयाँ र सानिमा लाइफले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । फागुन महिनासम्म प्रभु लाइफले ९८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीको फागुन महिनामा व्यवसाय

समितिद्वारा प्राप्त तथ्यांकअनुसार चालु आवको ८ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इञ्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री गरी २० अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

जसमध्ये ८ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि २ अर्ब ६८ करोड रुपैयाँसम्म, ९ वटा कम्पनीले ५५ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म र २ वटा कम्पनीले ५० करोड रुपैयाँभन्दा कम कुल बीमा शुल्क संकलन गरेका छन् ।
फागुन महिनासम्म शिखर इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सो अवधिमा एनएलजीले १ अर्ब ४६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब रुपैयाँ र आइएमई जनरल इस्योरेन्सले १ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा पु्रडेन्सियल इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले ९१ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ८९ करोड रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले ७४ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, दि–ओरिन्टियल इस्योरेन्सले ७३ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, हिमालयन जनरलले ६० करोड रुपैयाँ र नेशलन इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ र सानिमा जनरलले ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

यो पनि पढ्नुहोस् :

लघुवित्तको शेयरमूल्य बढ्दा सिइओको किन तात्छ पारो ? भन्छन- बढ्दा हामीलाई हुन्छ यस्तो गाह्रो

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...