CG Electronics
IME Life
NIMB

लघुवित्तको शेयरमूल्य बढ्दा सिइओको किन तात्छ पारो ? भन्छन- बढ्दा हामीलाई हुन्छ यस्तो गाह्रो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लघुवित्तको शेयरमूल्य बढ्दा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तनावको पारो पनि उचाइमा पुग्ने गरेको छ।

लघुवित्तको शेयरमूल्य बढ्दा लाभांश पनि बढ्ने अपेक्षा लगानीकर्ताले गर्छन्, लगानकर्ताको त्यो अपेक्षालाई पूरा गर्न लघुवित्तका सिइओहरुले बढी मिहेनत गरेर नाफा बढाउनु पर्ने हुँदा उनीहरुलाई शेयरमूल्य बढ्दा तनाव हुने गरेको हो।

लघुवित्तको शेयरमूल्य अनुसार लगानीकर्ताले लाभांशको अपेक्षा गर्छन्। लघुवित्त कम्पनीका सञ्चालकहरुले पनि शेयरमूल्य अनुसारको लाभांश वितरणका लागि दवाव दिन थाल्ने भएकाले सिइओलाई तनाव बढ्ने गरेको हो।

लघुवित्तको शेयरमूल्य जति जति उचाइमा पुग्छ त्यति त्यति सिइओलाई पनि तनाव हुने गरेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका सिइओ बसन्तराज लम्सालले बताए।

‘कहिले काही त लघुवित्तको शेयरमूल्य बढेको देखेर डर पनि लाग्छ। किन यति धेरै बढ्यो? भन्ने पनि लाग्छ,’ उनले भने, ‘भोली नाफा गर्न सकिएन र लगानीकर्तालाई लाभांश बढाउन सकिएन भने त सिइओलाई नै बढी प्रेसर हुन्छ। त्यसो भएकाले कहिले काही शेयरमूल्य त्यति धेरै नबढे हुन्थ्यो भन्ने लाग्छ।’

पछिल्लो समय शेयर बजार उकालो लाग्दै गएको छ। एक वर्षअघि ११०० विन्दु नजिक रहेको नेप्से अहिले २५७० माथि पुगेको छ। यसबीचमा लघुवित्त कम्पनीहरुको शेयरमूल्य अचाक्लि बढ्न पुग्यो।

अहिले लघुवित्त कम्पनीहरुको शेयर मूल्य १०००/ १२०० सय रुपैयाँभन्दा कम नभएको लम्सालले बताए। नेप्सेमा सूचीकृत बैंक, बीमालगायतका कम्पनीभन्दा लघुवित्त कम्पनीले उच्च लाभांश वितरण गर्दै आएका छन्।

लघुवित्तको इपिएस सबैभन्दा राम्रो छ। धेरैजसो लघुवित्तले नाफाबाट नगद कम र बोनस बढी दिने गरेका छन्। लघुवित्तले बोनस दिन्छन र घाटा खानु पर्दैन भन्ने लगानीकर्ताको आत्मविश्वास भएकाले पनि लघुवित्तको शेयरमूल्य बढेको लघुवित्त विज्ञहरुको भनाइ छ।

‘नगद हुने वित्तीकै रिटर्नका हिसाबले कम हुन्छ। तर, बोनस शेयर हुने वित्तीकै त्यति धेरै घाटा लाग्दैन भन्ने भएकाले पनि शेयरमूल्य उच्च भएको हो,’ ती लघुवित्त विज्ञले भने, ‘लगानीकर्ताको मनोविज्ञानका कारण पनि लघुवित्तको शेयर मूल्य आकासिएको हो।’

अर्को कुरा, लघुवित्त कम्पनीको चुक्ता पूँजी कम छ। चुक्ता पूँजी बढाउनका लागि पनि बोनस दिनुपर्ने हुन्छ। त्यसका साथै चुक्ता पूँजी वृद्धि गर्नका लागि हकप्रद शेयर जारी गर्नुपर्ने हुन्छ। हकप्रद शेयर जारी गर्ने सम्भावना भएकाले पनि लघुवित्तको शेयरप्रति लगानीकर्ता आकर्षित हुने पुगेका हुन्।

’नयाँ आर्थिक वर्षमा ल्याइने मौद्रिक नीतिमा चुक्ता पुँजीको प्रस्ताव आउन सक्छ,’ लम्सालले भने, ‘सम्भवतः अर्को मौद्रिक नीति आउदा चुक्ता पूँजीको प्रस्ताव आउन सक्छ।’

लघुवित्त बैंकर्स संघले दुईवटै तरिकाले चुक्ता पूँजी बढाउन सकिन्छ भनेर नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको जानकारी पनि उनले दिए। ‘मर्जर गरेर र हकप्रद पनि दिन पाउने गरी चुक्ता पूँजी बढाउन सकिन्छ,’ उनले भने ‘हकप्रद पनि दिन पाउँछौ भन्ने खालको मौद्रिक नीति ल्याउनुपर्छ।’

व्यापार बढाउनका लागि पनि चुक्ता पूँजी बढाउनु पर्ने बाध्यता लघुवित्तलाई छ। अहिले केही ठूला लघुवित्तको चुक्ता पुँजी १ अर्बभन्दा माथि पुगेको भएपनि अधिकांश लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी ५० करोडभन्दा तल छ। त्यसैले पनि चुक्ता पूँजी बढाउनु पर्ने चुनौती लघुवित्तलाई छ। चुक्ता पूँजी बढाउनका लागि लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन्।

मर्जरमा जान पनि त्यति धेरै समस्या छैन। मर्जरमा जानका लागि त्यतिधेरै सुविधा दिइएको पनि छैन। मर्जरमा जाँदा त्यतिधेरै उपलब्धि हुन्छ भन्ने पनि छैन। तर, मर्जरमा नगए थोरै पूँजी भएका लघुवित्त संस्था चल्न सक्ने अवस्थामा छैनन।

लघुवित्त संस्थाहरुबीच अहिले तीव्र प्रतिस्पर्धा छ। त्यसैले पनि लघुवित्त संस्थाहरु मर्जरमा जाने प्रक्रियामा रहेका छन्।

एक समय ९० वटासम्म पुगेका लघुवित्तहरु अहिले झरेर ७६ वटामा आइपुगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार गत माघ महिनासम्ममा लघुवित्त संस्थाहरु ७६ वटा रहेकाे छ। धेरै लघुवित्तहरु मर्जरको प्रक्रियामा रहेकाले यो आर्थिक वर्षको अन्त्यसम्म ६० वटामा झर्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकको नीति पनि २५/३० वटामा झार्ने भन्ने छ। अलिकति सहुलियत दिएको खण्डमा अबको २/३ वर्षमा ३० को हाराहारीमा आउन सक्ने सम्भावना पनि देखिएको लम्सालले बताए। ‘६० वटाबाट २/२ जोडिए भने त आधा (३० वटा) मा आइहाल्छन्,’ उनले भने, ‘३० वटामा झर्ने सम्भावना देखिएको छ ।’

प्रत्येक प्रदेशमा तीनवटाका दरले २१ वटा र राष्ट्रिय स्तरका १० वटा आए भने पनि ३१ वटा हुने लम्सालको भनाइ छ। एउटै समूहलाई धेरै लघुवित्त संस्थाले लगानी गर्दा ऋण डुब्ने खतरा बढी देखिएकाले पनि मर्जरको अवधारणा ल्याइएको राष्ट्र बैंकको भनाइ छ।

यो पनि पढ्नुहोस् :

१२ लाख कित्ता आईपीओ निष्कासन हुँदै,कस्तो छ कम्पनी ?

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...