CG Electronics
IME Life
NIMB

बैशाख १ गतेदेखि लागू हुने गरी बैंकले जारी गरे यस्तो नयाँ ब्याजदर, अब कुन बैंकको कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अधिकांश बैंक तथा वित्त कम्पनीले कर्जाको ब्याजदर घटाएका छन् । गत पुस मसान्तमा कायम रहेको दरमा बैंक तथा वित्त कम्पनीले ०.०७ प्रतिशतदेखि १ प्रतिशतसम्म बैशाख महिनादेखि लागू हुने बेसरेटमा घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएका छन् । जसअनुसार अधिकांश बैंक तथा वित्त कम्पनीले २०७८ बैशाखदेखि लागू ब्याजदर चैत मसान्तमै सार्वजनिक गरेका छन् ।

यदि बैंक तथा वित्त कम्पनीको कर्जाको (आधारदर) परिवर्तनले ब्याजदर थप घट हुन्छ । कर्जा दिनअघि कुन बैंकको बेसरेट कति छ भनेर निर्क्याौल गर्न आवश्यक हुन्छ । जसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गरेका हुन्छन् ।

प्रायः जसो बैंक तथा वित्त कम्पनीले त्रैमासिक रुपमा आफ्नो बेसरेट परिवर्तन गर्ने गर्छन् । हाल २७ वाणिज्य बैंक, १८ विकास बैंक र २२ वित्त कम्पनी गरी ६७ वटा बैंक तथा वित्त कम्पनी सञ्चालनमा छन् । जसमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासपछि लागु हुने गरी अर्थात् ०७८ बैशाख १ गतेदेखि लागू हुने गरी २९ वटा बैंक तथा वित्त कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्नेमा १९ वाणिज्य बैंक, ६ विकास बैंक र ४ वटा वित्त कम्पनी छन् । जसमध्ये २ वटाले ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् र ९ वटाले पुस मसान्तमै कायम बेसरेट कायम गरी कर्जाका प्रोडक्टअनुसार ब्याजदर सार्वजनिक गरेका छन् ।

कुन बैंकले कतिले घटाए ब्याजदर ?

चैत मसान्तमा २९ वटा बैंक तथा वित्त कम्पनीले सार्वजनिक गरेको बेसरेटमध्ये १३ वटाले घटाएका छन् ।

जसमा वाणिज्य बैंकहरुतर्फ पुस मसान्तमा सार्वजनिक बेसरेटभन्दा नबिल बैंकले ०.२७ प्रतिशतले घटाएर ५.४९ प्रतिशत, नेपाल एसबीआए बैंकले ०.१७ प्रतिशतले घटाएर ७.३२ प्रतिशत, एभरेष्ट बैंकले ०.१३ प्रतिशतले घटाएर ७.२१ प्रतिशत र बैंक अफ काठमाण्डूले ०.०७ प्रतिशतले घटाएर ६.६० प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

यस्तै, पुस मसान्तमा कायम बेसरेटभन्दा सिद्धार्थ बैंकले ०.४५ प्रतिशतले घटाएर ६.९३ प्रतिशत, कृषि विकास बैंकले ०.१८ प्रतिशतले घटाएर ७.४९ प्रतिशत, सनराइज बैंकले ०.१७ प्रतिशतले घटाएर ७.१७ प्रतिशत, मेगा बैंकले ०.९१ प्रतिशतले घटाएर ६.६७ प्रतिशत र सेञ्चुरी बैंकले ०.२३ प्रतिशतले घटएर ७.६८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

विकास बैंकहरुतर्फ पुस मसान्तमा कायम गरेको बेसरेटमा सांग्रिला डेभलपमेन्ट बैंकले ०.४३ प्रतिशतले घटाएर ८.४० प्रतिशत, महालक्ष्मी विकास बैंकले ०.४४ प्रतिशतले घटाएर ७.९८ प्रतिशत र मुक्तिनाथ विकास बैंकले ०.५३ प्रतिशतले घटाएर ७.८५ प्रतिशत बैशाखदेखि लागु हुने गरी कायम गरेको छ । सो अवधिमा कर्णली डेभलपमेन्ट बैंकले ०.०७ प्रतिशतले बढाएर ७.१० प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

यस्तै, वित्त कम्पनीतर्फ भने पोखरा फाइनान्सले पुस मसान्तमा कायम गरेको बेसरेटमा ०.३ प्रतिशतले घटाएर ८.९९ प्रतिशत बैसाख महिनादेखि लागु हुने गरी कायम गरेको छ भने सिटी एक्प्रेस फाइनान्सले ०.०१ प्रतिशतले बढाएर ८.४८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

बेसरेट नबढाउने बैंक तथा वित्त कम्पनीहरु

बैंक तथा वित्त कम्पनीले सार्वजनिक ब्याजदरअनुसार गत पुस मसान्तमा कायम बेसरेटलाइ नै बैशाख महिनामा पनि कायम गर्नेमा ६ वटा वाणिज्य बैंक छन् । जसमा नेपाल बैंक ६.१९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.६१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.०७ प्रतिशत, हिमालयन बैंक ६.८३ प्रतिशत, प्राइम बैंक ७.८५ प्रतिशत र प्रभु बैंक ७.२४ प्रतिशत रहेका छ ।

तर, चैत मसान्तमा बैशाख महिनादेखि लागु हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सावैजनिक गरेपनि एनएमबी बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले भने सो समयदेखि लागु हने नयाँ बेसरेट प्रकाशित गरेका छैनन् ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...