CG Electronics
Ncell NPL
NIMB

पूर्व राजा ज्ञानेन्द्रले किन गर्दैछन् यी देशहरुमा भ्रमण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पूर्वराजा ज्ञानेन्द्रवीर बिक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा ब्यस्त छन् ।

२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा नेपाल आइपुग्नेछन् । यो समयमा उनी थाईलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।

२९ भदौमा थाइलैण्ड निस्केका पूर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । पूर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पूर्णिका र कृतिकासँगको भेटघाट गरेपछि पूर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ ।

५ असोजबाट सुरु भएको श्रीलंका भ्रमण २० असोजसम्म हुनेछ । १५ दिन लामो यो भ्रमण भने राजनीतिक हुनेछ ।

स्रोतका अनुसार, श्रीलंकामा पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतीय, चिनियालगायतका सार्क र सार्क बाहिरका देशमा राजनीतिक व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट र वार्ता गर्नेछन् । त्यो भेटघाट के उद्देश्यका लागि हुनेछ भनेर नखुले पनि भेटवार्ता भने निकै महत्वपूर्ण हुने स्रोतहरुको भनाइ छ ।

श्रीलंकापछि पूर्व राजाको भ्रमण माल्दिभ्स हुनेछ । मादिभ्सको यात्रा भने शाह परिवारको घुमघामका लागि मात्रै हुनेछ । अहिलेसम्म पूर्व राजा र उनको परिवार माल्दिभ्स गएको छैन ।

२७ असोजसम्म माल्दिभ्समा रहने यो टोलीले २७ असोजमा भनेर भारतको मुम्बई पुग्नेछ । मुम्बईमा हुने महायज्ञमा निमन्त्रणा मान्न पुग्ने राजपरिवार बडादशैं २०७५ को फूलपातीका दिन ३० असोजमात्रै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार, पूर्वराजा शाहको भ्रमण दलमा पूर्व महारानी कोमल, वुहारी हिमानी हुनेछन् । साथै, पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सना, पुराना मित्र प्रभु शमशेर राणा, हिमानीका सहयोगी स्मिता सिंह त्यसैगरी, हस्तबहादुर मल्ल अनि भान्से, सुसारे र नानीहरुको टोली पनि साथमै रहेको छ ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...