CG Electronics
IME Life
NIMB

नेपाल आयल निगमले स्थिरीकरण कोषमा जाने पैसा परिचालन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सर्वसाधारणलाई भार नपार्न प्रयोग गर्ने स्थिरीकरण कोषको रकम प्रयोग गर्न थालेको छ तर उक्त रकम कोषमा जम्मा भएको १२ अर्बबाट नभई यस वर्ष कोषमा पठाउनु पर्ने रकमबाट प्रयोग गरिएको निगमले जनाएको छ ।

यसअनुसार पेट्रोलियम पदार्थको बिक्रीबाटै कोषमा यस वर्ष जम्मा गर्नुपर्ने दुई अर्ब रुपियाँबाट मूल्य स्थिरीकरण गरिएको जनाइएको छ तर पेट्रोलियम पदार्थको मूल्य भने बढेको बढेकै छ । पेट्रोलियम पदार्थको मूल्यबाटै हरेक वर्ष करिब दुई अर्ब रुपियाँ कोषमा जम्मा हुने गर्दछ ।

हाल भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर १५ दिनमा एक अर्ब १० करोड रुपियाँ घाटा भएपछि उक्त रकम परिचालन गरिएको दाबी निगमको छ ।

कोषमा जम्मा भएको रकम निकासा नगरिएको तर यस वर्ष कोषमा जम्मा गर्नुपर्ने रकम पेटोलियम पदार्थको आयातमै खर्च गरिएको निगमले जनाएको छ ।

निगमका उपकार्यकारी निर्देशक नागेन्द्र साहले भन्नुभयो, “निगमले आपत्कालीन र समस्या परेको अवस्थामा खर्च गर्नका लागि स्थिरीकरण कोष स्थापना गरेको हो । त्यो निगमकै पैसा हो, प्रत्येक वर्ष कोषमा पठाउने गरिएको छ, अहिले भने नपठाई सो पैसा चलाइरहेका छौँ तर त्यो अडिट भएपछि पठाउनै पर्छ । ” साहको भनाइ अनुसार अहिलेको त्यस्तो समायोजनका लागि पनि फेरि मूल्यमा चलखेल हुने देखिन्छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ प्रतिलिटर ३४ रुपियाँ सस्तो भएको चर्चा गर्दै साहले भन्नुभयो, “मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार अनुसार गरिएन भने वा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेन भने स्थिरीकरण कोषले केही हुनेवाला छैन । कोषको १२ अर्ब रुपियाँले त दुई÷चार महिना मात्र धान्न सक्छ, त्यसपछि के गर्ने रु ”

निगमको कारोबारमा असहज अवस्था सिर्जना भएमा प्रयोग गर्नेगरी २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष सञ्चालनमा ल्याइएको हो । हाल करिब १२ अर्ब रुपियाँ कोषमा छ ।

निगमले आगामी १५ दिनमा एक अर्ब १० करोड रुपियाँ घाटा हुने भएकाले मूल्य स्थिरीकरण कोषको रकम निकासा गर्ने पहल गरिरहेको थियो तर तत्काल कोषको रकम निकासा नगर्ने निगमले योजना बनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्नुहुन्छ, “आउने १५ दिनमा सामान्य अवस्थाको बिक्री रहेको अवस्थामा एक अर्ब १० करोड रुपियाँ घाटा हुने अवस्थामा निगम छ । लामो समय यसरी घाटामा गयो भने के गर्ने भनेर पनि निगमले सोचिरहेको छ । स्थिरीकरण कोष पनि तत्कालका लागि विकल्प हो तर दीर्घकालीन विकल्प हुन सक्दैन । ”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कोषको संयोजक हुनुहुन्छ भने अर्थ मन्त्रालयका सहसचिव, आयल निगमका प्रमुखलगायत सदस्य रहने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७० डलर पुगेको छ । पेट्रोलको खरिद मूल्य प्रतिलिटर जम्मा ६३ रुपियाँ ९९ पैसा हो तर राजस्व तथा सबै प्रकारका कर थोपरिएकाले उपभोक्ता महँगोमा परेको दाबी निगमको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...