सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सहयोगमा स्वास्थ्य सामाग्री बितरण
Friday May 28, 2021
वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:५३

चौतारा। कोभिड–१९ को संक्रमण बढेसगै स्वास्थ्य सुरक्षा अपनाउनको लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न निकायहरुमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ , नेपाल हिमालय सिमापार व्यापार संघका पुर्व अध्यक्ष बच्चु पौडेल र उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरुको उपस्थीतिमा चौतारा अस्पताल,चौतारा साँगाचोकगढी नगरपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, शसस्त्र प्रहरीबल र गोरख बक्स गण चौतारालाई संघले सर्जिकल माक्स, केएन् ९५ मास्क,सेनिटाईजर,थर्मल गन,अक्सीमिटर,पीपीई सेट र ग्लोव्स लगाएतका स्वास्थ्य सामासामाग्रीहरु सहयोग गरिएको छ ।
संघले सवै सरोकारवाला निकाय र संघसंस्थासंग सहकार्य गर्दै कोभिड -१९ संक्रमण रोकथामका लागि जाने प्रतिबद्धताकासाथ सहयोगि हातहरु अघि बढाएको हो । संघका अध्यक्ष बस्नेतले हिमालय सिमापार ब्यापार संघसंग समन्वय गरि जिल्लामा निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाढी बढ्ने बताए ।
अध्यक्ष बस्नेतले महासंघले काठ्माण्डौ क्षेत्रपाटीमा स्थापना गरेको आईसोलेसनमा जिल्लामा समस्यामा परेका संक्रमीत एवं उपत्यकामा रहेका संक्रमितहरुले सेवा लिन सकिने बताउनु भयो। अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव र अक्सीजन अभाव परेमा सम्पर्क गर्न समेत अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ।
संघको सहयोगमा जिल्लाको ईन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री वितरण गरीएको संघका महासचिब सम्भु तिमल्सीनाले जानकारी दिनुभयो।

























