ज्योति लाईफद्वारा ललितपुर महानगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी
Sunday Aug 01, 2021
वि.सं.२०७८ साउन १७ आइतवार १८:४२

काठमाडौँ । ज्योति लाईफ इन्सुरेन्स कम्पनीद्वारा ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन
बीमा दावी भुक्तानी बापत रु दस लाख चौरान्नब्बे हजार पाच सय रकम स्व अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई
मिति २०७८।०४।१५ गते प्रदान गरेको छ । स्व. अवालेको मिती २०७८।०१।२९ गते कोरोना सन्क्रमणको कारण मृत्यु
भएको थियो।
महानगरपालिकाका कर्मचारीहरु कुनै पनि महामारी वा बिपदको परिस्थितिमा समेत निरन्तर सेवामा रहने
हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति
लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।
ज्योति लाईफले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यालयमा काम गर्ने
कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी
जीवन बीमा योजना बिक्री गर्दै आएको छ ।
ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।
ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख श्री चिरिबाबु महर्जनले स्व। अवाले अत्यन्त मेहनती कर्मचारी
रहेको र वहाँको निधनले महानगरपालिकालाइ अपुरणिय क्षती भएको कुरा व्यक्त गर्दै स्व अवालेको श्रीमती बिमला श्रेष्ठ
अवालेलाइ महानगरपालिकामा रोजगारिको ब्यबस्था समेत गरिसकेको बताउनु भएको छ ।
ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी
बीमा मार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यबाद दिदै, सो रकमले शोक सन्तप्त परिवारको घाउमा
थोरै भए पनि मलम लगाउन मद्दत गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा महानगरपालिका तथा ज्योति लाईफ इन्सुरेन्सका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो।























